६ वैशाख २०८१ बिहीबार
राजनीति

अब डा. केसीको निसाना खड्का

काठमाडौं- मुलुकका विभिन्न अनियमितताविरुद्ध अनशन बसेर राज्यलाई दबाब दिँदै आएका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले अब आफू भ्रष्टाचारी आरोपित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध लाग्ने बताएका छन् ।

केसीले बुधबार विज्ञप्ति प्रकाशित गरी अर्बौं भ्रष्टाचार र अनियमिततामा मुछिएका  खड्कालगायत भ्रष्टलाई राजनीतिक दलहरूले संरक्षण दिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सञ्चारमाध्यममा प्रमाणसहित भ्रष्टाचारका विवरण आउँदा पनि सरकारले बर्खास्त नगर्नु र अख्तियारले समेत छानबिन नगर्नुले निरपेक्ष दण्डहीनता देखिएको विज्ञप्तिमा उल्लेख छ ।   

प्रकाशित: २२ भाद्र २०७४ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App