पत्रकार लंकेशको हत्या विरोधमा काठमाडौंमा प्रदर्शन

बुधबार, २१ भदौ २०७४, १७ : ५५ नागरिक

काठमाडौं-  भारतीय पत्रकार गौरी लंकेशको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। पत्रकार, लेखक तथा अधिकारकर्मीहरुले माइतिघर मण्डलामा भेला भएर हत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरे।

प्रेस स्वतन्त्रता र हत्या विरोधी नारा लेखिएका प्ले कार्ड बोकेर पत्रकार तथा लेखकहरुले प्रदर्शन गरेका थिए। प्रदर्शनमा बोल्दै लेखक सिके लालले अक्षरको शक्तिलाई बन्दुकले थाम्न नसक्ने बताए। लोकतान्त्रिक मुलुक भारतमा प्रेस स्वतन्त्रताको अवस्था इराक, सिरियाको भन्दा कमजोर रहेको लंकेश हत्याकाण्डले देखाउने लालले बताए।

५५ वर्षीया उनको मंगलबार साँझ आफ्नै घरबाहिर टाउको र छातीमा गोली हानी  हत्या गरिएको थियो। ३ जनाको समूहमा मोटरसाइकलमा आएका हत्याराहरू उनलाई गोली हानी फरार भएका थिए।

उनले विगत ४० वर्ष देखि सक्रिय पत्रकारिता गर्दै आएकी थिइन्। उनी लंकेश पत्रिकाको   सञ्चालक हुन्। उक्त पत्रिका विज्ञापन रहित छापिने गर्थ्यो। पिता पी लंकेशको निधनपछि उनले उक्त पत्रिका चलाउन थालेकी थिइन्। आफ्ना पिताको प्रेरणाबाट नै पत्रकारिताको सुरूवात गरेकी उनी भारतीय सञ्चार जगतमा एक निर्भिक तथा निडर महिला पत्रकारको रूपमा चिनिन्छिन् । उनी दक्षिणपन्थको विरोधी थिइन्।  

 

 








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad