coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भ्रष्ट्राचारविरोधी अभियान चलाउने मिडिया सोसाइटीको निर्णय

काठमाडौं—नेपालका प्रतिष्ठित छापा तथा इलोक्ट्रोनिक्स मिडिया सञ्चालकहरुको साझा संस्था नेपाल मिडिया सोसाइटीले नेपाल अायल निगमसहितका प्रकरणलाइ लिएर भ्रष्ट्राचारविरोधी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। लाजिम्पाटमा आयोजित एक कार्यक्रममार्फत सोसाइटीले यस्तो निर्णय सार्वजनिक गरेको हो।

नेपालका प्रतिष्ठित छापा तथा इलोक्ट्रोनिक्स मिडिया सञ्चालकहरुको साझा संस्था नेपाल मिडिया सोसाइटीले भ्रष्ट्राचारविरोधी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

जनताको रगत पसिनाका रुपमा असुल गरिएको करमाथि मुठ्ठीभर शासकहरुले ब्रह्मलुट गर्ने प्रवृत्ति मौलाएको निष्कर्ष निकाल्दै सोविरुद्ध सबै तह र तप्काका नेपालीले उठ्नुपर्ने अवस्था देखिएको सोसाइटीको विज्ञप्तिमा उल्लेख छ।

'देशलाई भ्रष्ट्राचारमुक्त गर्न राजनीतिक शुद्धता र पारदर्शिताका लागि सबै पेशागत र तह तप्काका जनसमुदायलाई समेत ऐक्यबद्धता र खबरदारीका लागि हाम्रो विनम्र अनुरोध छ', सोसाइटी अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'तसर्थ नेपाली मिडियाले फेरि पनि नीतिगत, संस्थागत, संगठितलगायत सबै प्रकारका भ्रष्ट्राचार अन्त्यका लागि एक विशेष प्रकारको अभियान चलाउने अठोट गरेको छ।'

विज्ञप्तिको पूर्ण पाठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App