coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिरहा कांग्रेसमा देउवा र पौडेल पक्षबीच झडप

सिरहा- नेपाली कांग्रेसको जिल्ला कार्यालय सिरहामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ।

स्थानीय तह निर्वाचनको टिकटको विषयमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कार्यालयमै झडप भएको हो।   

कार्यालय सचिव रामबावु यादव र क्षेत्र नम्बर ३ का सभापति सञ्जय प्रकाश यादवबीच स्थानीय तह निर्वाचनको टिकटको विषयमा भएको विवाद चर्कंदै जाँदा दुवै पक्ष झडपमा उत्रिएका हुन्। रामबावु देउवा पक्षका हुन् भने सञ्जय पौडेल पक्षका हुन्।  

सञ्जय प्रकाश यादवलाई पार्टीले सिराह नगरपालिकाको वडाध्यक्षको टिकट दिएको थियो। उनी मनोनयन दर्ताको लागि पार्टी कार्यालयमा  टिकट लिन पुग्दा रामबाबुसँग विवाद बढेपछि दुई पक्षबीच झडप भएको थियो।

झडपमा रामबाबु यादव, सञ्जय प्रकाश यादव, सकल देव यादव सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्याल सिराहका एसपी शेखर कोइरालाले जानकारी दिए।

घाइते मध्ये कतिपय कार्यकर्ता उपचार पछि घर फर्किसकेको तर सञ्जय सहितका केही कार्यकर्ता उपचार्थ जिल्ला अस्पतालमा रहेका छन्। उनीहरुको टाउको आँखामा चोट लागेको छ।

सिरहा नगरपालिकाको मेयरमा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवका छोरा सुभाषचन्द्र यादवले टिकट पाएका छन्। मेयरमा पार्टी सचिव उपेन्द्र यादव आकांक्षी थिए।

 

प्रकाशित: २१ भाद्र २०७४ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App