बिजुली अवरुद्ध हुँदा माडी अन्धकार

बुधबार, २१ भदौ २०७४, १२ : ३० रमेशकुमार पौडेल

चितवन – भदौ १४ यता माडी नगरपालिकामा बिजुली बल्न छाडेको छ । असारपछि माडीमा बिजुली बल्न बन्द भएको यो तेस्रो पटक हो । बिजुली बिग्रेपछि बनाउने उपकरण भारतको राजधानी नयाँ दिल्लीबाटै मगाउनुपर्छ । अघिल्लोपटक बिग्रदा चाँडै उपकरण नआउँदा हप्तौ बिजुली बलेको थिएन । यसपटक पनि त्यस्तै भएको छ । जानकारी गराएको हप्ता दिन हुनै लाग्दा पनि उपकरण आएको छैन। 

‘यो पटक चाँडै आउने आशा थियो तर समय लाग्यो । खै भोलिसम्ममा आउँछ कि भन्ने आशा छ,’ माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने । चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र भूमिगत रुपमा बिछ्याइएको तारमा समस्या आएर बिजुली नबलेको सबैलाई थाहा छ । तर कहाँनिर बिग्रेको हो भन्ने पत्ता लगाउन उपकरण बिना सकिँदैन।

तर त्यो उपकरण नेपालमा छैन । जमिनभित्र रहेको बिग्रेको तार पत्ता लगाउने ‘फल्ट लोकेटर’ मेसिन सरकारले नकिन्दा मर्मतमा दिल्लीको भर पर्नुपरेको हो । यसअघि साउनमा पनि निकुञ्जभित्रै समस्या आउँदा २४ दिनसम्म माडीमा बत्ती बलेको थिएन । दिल्लीबाटै फल्ट लोकेटर ल्याएर बिग्रेको तार पत्ता लगाएपछि साउन ३१ गतेबाट माडीमा बिजुली बल्न थालेको थियो । तर दुई हप्ता पूरा नहुँदै समस्या बल्झेको छ। 

साउनअघि असार पाँच गतेदेखि असार १८ गतेसम्म पनि माडीमा बिजुली थिएन । माडी जान चितवन निकुञ्जको जंगल पार पर्नुपर्ने हुन्छ । निकुञ्जको वातावरण र जनावरलाई असर पर्ने भन्दै निकुञ्जभित्र भूमिगत रुपमा तार बिछ्याइएको थियो । निकुञ्जभित्र रहेको आठ किलोमिटर भूमिगत प्रणालीको सात ठाउँमा ज्वाइन्ट छन् । ती ठाउँमा नै पटक–पटक समस्या आउने गरेको छ। 

माडीमा बनेको सबस्टेसनमा ०७१ माघ ६ गते बिहान बिजुली बलेको हो । तर स्टेसनमा बिजुली बलेलगत्तै समस्या आएर लामो समय घरघरमा बिजुली वितरण हुन पाएन । त्यो बेलामा पनि निकुञ्जको भूमिगत प्रणालीको तार सर्ट भएको थियो । मर्मतपछि गत वर्षको असोज अन्तिमबाट माडीका घरहरुमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्न थाल्यो ।
‘त्यसपछि पनि स–साना समस्या नआएका हैनन् तर यो असारदेखि गम्भीर खालका समस्या देखा परेका छन्,’ नेपाल विद्युत् प्रधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले भने । असारमा आएको समस्या निराकण गर्न भारतको दिल्लीबाटै प्राविधिक र उपकरण ल्याउनु परेको थियो। 

दशकौंको प्रयासपछि माडीमा बिजुली बल्न सकेको होे । ०५६ सालमा पोल गाडेर तारसमेत टाँगियो । तर बत्ती नबल्दै बिस्तारै पोल ढले, तार चुँडिए । माडीवासीको घरको अध्यारो हटाउन सोलारले नै सहयोग गर्‍यो । माडीका घर घरमा सोलार बत्ती बल्न थाले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली ‘आकाशको फल’ जस्तै बन्यो।

लगभग ११ हजार घरधुरीलाई विद्युत् सेवा दिने उद्देश्यले ०६६ सालदेखि माडीमा विद्युतीकरण आयोजना सुरु भयो । योजना सुरु गर्दा ०६९ फागुनसम्ममा माडीमा बिजुली पुर्‍याउने लक्ष्य राखिएको थियो । तर आयोजनाको काम पूरा हुनै समय लाग्यो । बल्ल ०७१ सालमा काम पूरा भए पनि सबस्टेसनमा बिजुली पुगेलगत्तै भूमिगत प्रणालीमा समस्या आयो । 
पश्चिम चितवनको चनौलीबाट बिजुली ल्याएर माडीमा वितरण गर्नका लागि आयोजना सुरु भएको थियो । चनौलीदेखि माडी बसन्तपुरमा रहेको सब–स्टेसनको दूरी २७–२८ किलोमिटर छ । त्यो बीचमा आठ किलोमिटर चितवन राष्ट्रिय निकुञ्जको जंगल पर्छ ।  वातावरण र वन्यजन्तुमा नकारात्मक  असर पर्ने खतरा रहेको भन्दै निकुञ्जभित्र भूमिगत रुपमा तार बिछ्याइएको छ। 

झन्डै १२ करोड रुपैयाँ खर्च भएको आयोजनाले माडीवासीलाई ढुक्कसँग बिजुली बाल्न दिएको छैन । राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगे पनि माडी नगरपालिका घोषणा भएको थियो । निकुञ्जका कारण सधैं समस्यामा परेको गुनासो गर्ने माडीवासी बिजुली आयोजनाले कम गुणस्तरको काम गरेको बताउँछन्। 

फल्ट लोकेटर मेसिन नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले नै किन्ने तयारी गरेको छ । नेपालमै उपकरण भए बिग्रेको खण्डमा चाँडो मर्मत हुने माडीवासी बताउँछन् । प्राधिकरणले सो मेसिन किन्न टेन्डर सूचना निकाली सकेको प्राधिकरण भरतपुर शाखाका प्रमुख यादवले जानकारी दिए। 

विकल्प खोज्नै पर्ने भो
निकुञ्जभित्र रहेको भूमिगत तार प्रणाली सधैं बिग्रने खतरा कायमै छ । ‘दिल्लीबाट होस् वा किनेर उपकरण यहीँ राख्दैमा माडीको समस्या स्थायी रुपमा समाधान हुँदैन । हामी विकल्पको खोजीमा लागेका छौं । माडीलाई ढुक्कसँग बिजुली बाल्न पाउने वातावरण तयार गर्न सरकारले सहयोग गर्नुपर्छ,’ माडीका मेयर ढकालले भने ।

उनका अनुसार निकुञ्जभित्र रहेको सबै तार तत्काल फेरेर नयाँ राख्न आवश्यक छ । त्यसो नगरे जमिनमाथिबाटै तार टाँगेर लैजानुपर्छ । यो पनि नगर्ने हो भने माडीमै विद्युत् आयोजना सुरु गर्नुपर्ने र तत्कालका लागि वैकल्पिक उर्जाका माध्यमबाट माडीमा तीन मेगावाट बिजुली प्रवन्ध गर्नुपर्ने मेयर ढकालले बताए । 

‘माडीमा कान्छी मरोठ र जेठी मरोठ भन्ने दुई खोलामा बिजुली निकाल्न सम्भव छ । बैकुण्ठे तालमा पनि बिजुली निस्कन्छ । यी आयोजनामा सरकारले सहयोग गर्नुप¥यो । नभए बाहिरबाट तार टाँगेर बिजुली ल्याउने हो भने निकुञ्जभित्र रहेको अहिलेको तार सबै बदलेर नयाँ तरिकाले ल्याउनुपर्छ,’ मेयर ढकालले भने । यही माग राखेर आफूहरु तत्कालै काठमाडौं जाने तयारीमा रहेको उनले जानकारी दिए । 
 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad