coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राहत र पुनःस्थापनामा ७५ करोड

काठमाडौं- बाढी, पहिरो र डुबानबाट पीडित भएकालाई तत्कालै उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले ७५ करोड रूपैयाँ निकासा गर्ने भएको छ। केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बुधबार बसेको बैठकले वर्षापछि निम्तिएको विपत्तिलाई तत्कालै सम्बोधन गर्न प्रभावित जिल्लामा उक्त रकम निकासा गर्ने निर्णय गरेको हो। बैठकले उद्धार, राहत र पुनःस्थापनाका लागि रकम अभाव हुन नदिन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषबाट केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई रकम निकासा गरी प्रभावित जिल्लामा प्राथमिकताका आधारमा परिचालन गर्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री भीम रावल, मुख्यसचिव सोमलाल सुवेदी, गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियासहित विभिन्न मन्त्रालयका सचिव र मातहत विभागका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको बैठकले पीडितको उद्धार र राहतका लागि समन्वयात्मक र तदारुकतासाथ कार्य गर्न सबै सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका रावलले जोखिमयुक्त स्थानका नदीको कटान, सम्भावित ठाउँको तटबन्धन भत्काउने, बस्ती स्थानान्तरण गर्नेलगायत काम प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए।

'उद्धार, राहत र पुनस्थापानाका लागि कही कतै पनि कमी आउन नदिन सबै निकायलाई समन्वयात्मक भूमिका निर्वाह गर्न भनिएको छ,' उनले भने, 'यसका साथै संकट व्यवस्थापनक्रममा आर्थिक समस्या आउन नदिन तत्कालै केन्›ीय दैवीप्रकोप समितिमा रकम जम्मा गरिनेछ।'

प्रकाशित: १३ श्रावण २०७३ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App