८ वैशाख २०८१ शनिबार
राजनीति

पर्सामा राजपा फुट्यो

बिमल प्रसाद श्रीवास्तव र राजेसमान सिंह

वीरगन्ज— वीरगन्ज महानगरपालिकाको मेयरमा टिकटको राष्ट्रिय जनता पार्टीमा चलेको  लामो रस्साकस्सीको अन्त गर्दै सो पार्टीले महामन्त्री तथा युवा नेता राजेसमान सिंह (श्रेष्ठ)लाई दिने भएको छ। मेयर आकांक्षी राजपा माहामन्त्री बिमल प्रसाद श्रीवास्तवले पार्टीबाट अलग हुँदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट चुनाव लड्ने भएका छन्।

संगठनको हिसाबले पर्सामा कमजोर रहेको फोरम लोकतान्त्रिकले श्रीवास्तवलाई उम्मेदवार बनाउने भएपछि यहाँको चुनावमा नयाँ किसिमको महोल बनेको छ। श्रीवास्तव पञ्चायतकालदेखि पटकपटक गरी चार पटक वीरगन्जको मेयर भइसकेका नेता हुन्।

अरु पार्टीबाट भए पनि मेयर मै चुनाव लड्ने तयारीमा उनले दिउँसो सुरु गरेको वार्ता साझसम्ममा लोकतान्त्रिकसँगको सहमतिपछि टुंगिँदा राजपा पर्सामा स्पष्ट विभाजन देखिएको हो। अहिलेसम्म वीरगन्जमा मेयरको उम्मेदवार घोषणा गर्न नसकेको फोरम लोकतान्त्रिकसँग श्रीवास्तवको कुराकानी सार्थक भएको उनी निकट नेता पुरुषोत्तमलाल झाले बताए।

‘राजपाले राजेसमान सिंहलाई नै मेयरको टिकट दिने निर्णय गरेपछि हामी तत्कालै अर्को ठोस निर्णय गर्नु परेको हो। श्रीवास्तव जीलाई विजय कुमार गच्छेदार ज्युको पार्टी फोरम लोकतान्त्रिकबाट टिकट आइसक्यो, उनको नेतृत्वमा हामी धेरै जना राजपा छोडेर निस्केका छौं,’ विहानसम्म राजपाको जिल्ला नेतृत्वमा रहेका झाले भने, ‘भोलि मनोनयन पत्र फोरम लोकतान्त्रिकबाट दर्ता हुन्छ र हामी चुनावमा जान्छौं।’ मंगलबार दिउँसो राजपाबाट टिकट नपाउने निश्चय भएपछि वीरगन्जका पुराना नेता श्रीवास्तवले सुरुमा संघीय समाजवादी फोरम नेपालसँग छलफल गरेका थिए।

संगठनको हिसाबले पर्सामा कमजोर रहेको फोरम लोकतान्त्रिकले श्रीवास्तवलाई उम्मेदवार बनाउने भएपछि यहाँको चुनावमा नयाँ किसिमको महोल बनेको छ। श्रीवास्तव पञ्चायतकालदेखि पटकपटक गरी चार पटक वीरगन्जको मेयर भइसकेका नेता हुन्।

राजपाबाट टिकट पाएका सिंहको पक्षमा पनि एक थरीको युवाको समर्थन देखिएको छ। दुई चिरा बनेपछि पार्टीलाई यहाँ धक्का पुगेको भन्दै नेताहरुले चिन्ता पनि जनाएका छन्। त्यस्तै वीरगन्जमा नेपाली काँग्रेसबाट जिल्ला सभापति अजय कुमार द्विवेदी, संघीय समाजवादी फोरम नेपालबाट विजय सरावगी, एमालेबाट बसरुदीन अन्सारी र माओवादी केन्द्रबाट रहबर अन्सारी मेयरमा बुधवार उम्मेदवारी मनोनयन दर्ता गराउने निश्चित भएको छ।
 

प्रकाशित: २० भाद्र २०७४ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App