जापानी जहाजमा चरा ठोक्किँदा आकस्मिक अवतरण

मङ्गलबार, २० भदौ २०७४, १८ : ०७ नागरिक

टोकियो- जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।

जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ ।

हानेदा विमानस्थलबाटै बिहान उडेको बोइङ ७७७ विमानमा चरा ठोक्किएपछि इन्जिनमा असर परेको थियो। सो विमान उक्त विमानस्थलमा आकस्मिक अवतरण गरेको र त्यस क्रममा देब्रे तर्फको इन्जिनबाट धुवाँ पनि निस्किेको बताइएको छ ।

उक्त एउटा इन्जिनको प्रयोगगरी विमान आकस्मिक रुपम विमानस्थल पुगेको विमानचालक दलका सदस्यले जानकारी दिएका छन् ।

सो विमानले २५० जना यात्रु बोकेको थियो । जापानको सरकारी टेलिभिजन एनएचकेले दिएको जानकारीअनुसार सो विमानमा रहेका सबै जना चालक दलका सदस्य र यात्रुहरु सकुशल रहेका छन् ।

कसैलाई पनि चोटपटक नलागेको समाचारहरुमा जनाइएको छ । अहिले नै के कति कारणले इन्जिन फेल भयो भन्ने बारेमा त केही भनिएको छैन ।

तर पनि विमानमा चरा ठोक्किएको कारण इन्जिनमा असर परेको हुनसक्ने अनुमान गरिएको प्रारम्भिक समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा
 

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad