७ वैशाख २०८१ शुक्रबार
समाज

समयमा काम नहुँदा बिचबाटोबाट कालोपत्रे

पाँचथर- जिल्लाका उत्तरी गाँउहरु सदरमुकामसँग जोड्ने फिदिम–फालोट सडक खण्डको फिदिम–नागनि खण्डको काम समयमा नसँकिदाबीच कालोपत्रे हुने भएको छ। फिदिमको सुरुवाती विन्दु नभई नागिनको डाँडा गाँउ देखि २४ किलोमीटर सडकमा कालोपत्रे गर्नका लागि प्रक्रिया सुरु भएको छ।

सुरुवाती विन्दुमा नभई दशकिलोमीटर टाढारहेको डाँडागाँउवाट कालोपत्रे गर्नका लागि टेण्डर खुलाइएको छ । फिदिम देखि डाँडागाँउसम्मको स्तरउन्नतीको काम ढिलो भएको छ । ठेकेदार कम्पनीले समयमा काम नसक्दा समस्या उत्पन्न भएको छ । सुरुवाती दश किलोमीटरको सडक स्तरउन्नतीको काम नसकिएकाले सो भन्दामाथिको २४ किलोमीटरबाटो कालोपत्रे गर्नका लागि टेण्डारको प्रक्रिया अघि बढेको जिल्ला समन्वय समितिका इन्जीनियर प्रेम काफ्लेले जानकारी दिए। यताको काम सकिएपछि यता कालोपत्रेको प्रक्रिया अघि बढाउने तयारी भएको बुझीएको काफ्लेले जानकारी दिए । डाँडागाँउवाट फालेलुङ गाँउपालिकाको मुवा खोलासम्मको बाटो कालोपत्रे गर्ने टेण्डर आव्हान गरीएको छ।

यो सडकको सुरुवाती खण्डमा सकड कमजोर हुँदा कालोपत्रे गर्ने काममा कठिनाई उत्पन्न हुने देखिन्छ । ठूला ठूला गाडीहरु, तथा समाग्रि लैजान कठिन हुने देखिन्छ । कच्चिबाटो भएर कालोपत्रे हुने ठाँउसम्म सामाग्रि लैजानु पर्ने हुन्छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा फिदिम–डाँडागाँउ खण्डको काम सकिएको छैन । गजुरमुखि निर्माण सेवाले असार मसान्तसम्म सक्नुपर्ने काम नसकेर म्याद थपिएको छ । निर्धारीत दुई बर्ष काम नसकिएपछि ६ महिना म्याद थपिएको काफ्ले जानकारी दिए । सुरुवाती समयदेखिनै यो खण्डको काम सन्तोषजनक नभएको भन्दै आलोचना भएको थियो । यो बर्षायाममा गाडी सञ्चालन गर्न कठिनाई भएको थियो  यो खण्डको काम ढिलाई हुदा कालोपत्रेका लागि अझै कुर्नु पर्ने अवस्था आएको छ । नागिन, याङनाम, मेमेङ, सिदिन, प्राङवुङका गाँउहरुलाई यो सडकले जोड्छ ।

पुन निर्माण तथा पुनः स्थापना आयोजना –२ (आरआरएसडीपी) मार्फत दशकिलोमीटर खण्डको स्तर उन्नतीका लागि ठेक्का लागेको थियो । समयमा काम नसक्दा यो खण्डमा कालोपत्रे गर्नका लागि टेण्डार आव्हान हुन सकेन । अझै धेरै काम बाँकि भएको उपभोक्ताहरुको भनाई छ । काम गर्दै छौँ भनेपनि काम अघि बढेको नदेखिएको नागिनका वालकृष्ण काफ्लेले नागरिकलाई बताए । करिब १२ करोड रुपैँयाको ठेक्कामा कामको जिम्मा दिइएको काफ्लेले जानकारी दिए । उनका अनुसार ७० प्रतिशत काम सकिएको छ । असार यता काम अघि बढ्न सकेको छैन । १८ करोड डिजाईन स्टीमेट भएको कामको घटाघटमा ठेक्का लागेको थियो । कल्भर्ट, नाला, वाल, ड्रेन, कल्भर्ट, सोलिङ तथा ग्रावेलका लागि ठेक्का लगाइएको थियो । असारवाट ६ महिनाका लागि म्याद थपिएको हो ।

२४ किलोमीटरका लागि एसियालि विकास बैँकका लगानीमा ग्रामिण पहुँच सुधार कार्यक्रम अन्तर्गत ठेक्काको प्रक्रिया अघि बढेको हो । फिदिम देखिनै ठेक्का लाग्ने भएपनि १० किलोमीटर खण्डको काम नसकिएकाले विचबाट ठेक्काको प्रक्रिया अघि बढेको इन्जीनियरहरु बताउँछन ।

फिदिम–फालोट र सम्दानी–मायालुमोड– नवमिडाँडा सडक खण्डकको कालोपत्रे गर्न ठेक्का आव्हान भएको हो । नविडाँडासम्म १४ किलोमीटर कालोपत्रे हुने भएको हो । ठेक्का प्रक्रिया चलिरहेकाले बजेट रकम सार्वजनिक गरीएको छैन । दुवै बाटोका लागि एक अर्व भन्दा माथि बजेट हुने अनुमान छ ।

 

प्रकाशित: २० भाद्र २०७४ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App