८ वैशाख २०८१ शनिबार
समाज

मनाङमा जीप दुर्घटना, एकको मृत्यु

तस्बिर: दुर्घटनामा परेर क्षतिग्रस्त जीप। तस्बिर सौजन्य: रामबहादुर (मुखिया)

लमजुङ- हिमाल पारीको जिल्ला मनाङमा जीप दर्घटना हुँदा एक महिलाको घटनास्लमै मृत्यु भएको छ भने १२ यात्रु घाईते भएका छन्।

मनाङको नेस्याङ गाउँपालिका १ स्वर्गद्वारीमा दिउँसो १ बजेतिर भएको दुर्घटनामा परेर नेस्याङ गाउँपालिका ३ ङावलगाउँकी ६३ वर्षीया ङिमाछोमा लामाको घटनास्थलमै मृत्यु भएको हो ।

नासोङ गाउँपालिका ३ धारापानी बाट मनाङ जाँदै गरेको ग.१ ज ६३१५ नम्बरको जीप स्वर्गद्वारी पारीको घुम्तीमा उकालो चढ्ने क्रममा पछाडी हटेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीप सडकबाट करिब सय मिटर तल खसेपछि लामाको घटनास्थलमै मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन गहतराजले बताए । उनका अनुसार दुर्घटनामा परेर हेटौंडा उपमहानगर पालिका ५ शान्तिनगरका २८ वर्षीय सन्तोषकुमार श्रेष्ठ र सोलुखुम्बु सोताङ २ का ६३ वर्षीय अम्जुङ शेर्पा गम्भीर घाईते भएका छन् भने अन्य १० जना सामान्य घाईते भएका छन् । श्रेष्ठको हात र खुट्टा भाँचिएको छ भने शेर्पाको टाउकोमा गहिरो चोट लागेको बताईएको छ । दुर्घटनामा मृत्यु भएकी लामा र अन्य घाईतेहरुलाई उद्धार गरी सदरमुकाम चामे स्थित जिल्ला अस्पतालमा ल्याईएको प्रहरी कार्यालय मनाङले जनाएको छ । घाईतेहरुको उपचार सोही अस्पतालमा भईरहेको र मृतक लामाको सोही अस्पतालमै पोष्टमार्टम् गरिने पनि प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर जीप पनि क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका वडा नं ६ ठूलीबेसीका कृष्ण थापाको जीप चामे ३ कोतो बस्ने तुलसी गुरुङले चलाएको र उनको हातमा पनि चोट लागेको बुझिएको छ।

 

प्रकाशित: २० भाद्र २०७४ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App