coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मदनकृष्णको ‘महको म’ सार्वजनिक

पुस्तक सार्वजनिकपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

काठमाडौं—चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’को एक मंगलबार एक समोरोहबीच विमोचन भएको छ। हरिवंश आचार्यले उनको पुस्तक विमोचन गरेका हुन्।

'मदन दाइको जस्तो ओझपूर्ण जीवनको भएको मानिसको आत्मकथा त नहुने हुनै भएन। म मेरो जीवनदाइको आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा ढुक्क छु।’ 

हाँस्यव्यंग्य यात्राका आफ्ना सहकर्मी श्रेष्ठलाई शुभकामना दिँदै कार्यक्रमा आचार्यले भने, ‘धेरै पहिले मैले एउटा सुरिलो रुखको आत्मकथा पढेको थिएँ। त्यो पढेपछि सबै चीजको आत्मकथा हुन्छ भन्ने लाग्न थालेको हो। मदन दाइको जस्तो ओझपूर्ण जीवनको भएको मानिसको आत्मकथा त नहुने हुनै भएन। म मेरो जीवनदाइको आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा ढुक्क छु।’ 

कार्यक्रममा श्रेष्ठले लेखेका गीतहरु उनका छोराछोरी यमन र सराना श्रेष्ठले गाएका थिए। श्रेष्ठ आफैँले पनि आफ्ना केही गीत गाएका थिए। 

असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, महको म। पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डोर्‍याउँछ। पुस्तक पढ्दै गर्दा लाग्छ— दुःखका पहाड कति अग्ला, संवेदनाका खाडल कति गहिरा, हैरानीका गुजुल्टा कति जेलिएका र खुसीका रङ कति चहकिला हुन सक्छन् भनेर।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो। पुस्तकको हार्डकभर मुल्य ८७६ रुपैयाँ र पेपरब्याक मुल्य रु ५७६ रहेको छ।

प्रकाशित: २० भाद्र २०७४ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App