दुई नम्बर प्रदेशको निर्वाचनलाई नमुना बनाऔं: आयुक्त शर्मा

मङ्गलबार, २० भदौ २०७४, १६ : ०९ महेशकुमार दास

397


महोत्तरी- निवार्चन आयोगका आयुक्त इला शर्माले निर्वाचन आचारसंहिताको पूर्ण पालन गरेर दुई नम्वर प्रदेशको स्थानीय तहको चुनावलाई नमुना चुनाव बनाउन आग्रह गरेकी छिन।

निर्वाचन आयोगले महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजना गरेको राजनीतिक दलसम्बद्ध युवाहरुको लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त शर्माले तेस्रो चरणमा २ नम्वर प्रदेशमा हुन गई रहेको स्थानीय तहको चुनावमा निर्वाचन आंचारसंहिताको पूर्ण पालना गर्दै यस प्रदेशको स्थानीय तह चुनावलाई नमुना निर्वाचनको बनाउन आग्रह गरेकी छिन।

‘आंचारसंहिताको पालना गर्न गराउन राजनीतिक दलको ठूलो भूमिका हुन्छ ।’ शर्माले भनिन्  ‘ निर्वाचन आंचारसंहिताले तोकेको परिधि भित्र रहेर चुनाव भए मात्र तेस्रो चरणको स्थानीय तहको चुनाव सफल भएको मानिन्छ।’

असोज २ गते दुई नम्वर प्रदेशमा हुन गई रहेको निर्वाचन अवधिभर मदिरा र मदिरा जन्य सवै सामग्रीहरुको विक्री वितरणमा पूर्ण बन्देज लगाउन पर्ने र यसको लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्देशन समेत दिइ सकेको उनले बताइन।

प्रचार प्रसारको क्रममा हात हतियार , भाला , धारिलो हतियार तथा घरेलु हतियार लिएर घुम्न नपाइने र अवैध हतियार लिएर घुम्नेलाई पक्राउ गरेर कानून अनुसार कारवाही हुने पनि उनले बताइन्।

साथै यस पटक हुन लागेको स्थानीय तहको चुनावमा महिलाको प्रतिनिधित्व प्रत्येक वडा बाट ४० प्रतिशत अनिवार्य गरेकोले महिला प्रतिनिधि वृद्धि हुनेमा विश्वास आयुक्त शर्माले व्यक्त गरिन । संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरेको बताउँदै झन राजनीतिक दलले निर्वाचन ऐन अनुसार ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराउन अनिवार्य गरेको उनले बताईन । 







यसमा तपाईको मत


अन्य समाचार

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...