coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिक दैनिकमाथिको मुद्दामा 'आइएफजे'को गम्भीर चासो

काठमाडौं- नेपालमा सरकारी तथा निजी क्षेत्रमा हुने गरेका भ्रष्टाचारको विषयमा आइएफजेले चासो देखाएको छ। त्यसकाविरुद्ध उसले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहकार्य गर्ने विज्ञप्तीमार्फत् जनाएको छ। 

सरकारी तथा निजी क्षेत्रमा हुने नेपालमा हुने गरेको भ्रष्टाचार सम्बन्धमा सत्यता ल्याउन नेपाली सञ्चार क्षेत्रले सन्तोषजनक कार्य गर्न नसकेको आइएफजेको दाबी छ।

नेपाल आयल निगमको जग्गा खरिदमा घोटाला भएको समाचार प्रकाशन गरेको भन्दै आयल निगमका महानिर्देशक गोपाल खड्काले नागरिक दैनिकका प्रकाशक, सम्पादक र रपोर्टविरुद्ध ८० करोड क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन्। नागरिक दैनिकले आयल निगमले जग्गा खरिद प्रकरणमा भ्रष्टाचार गरेको समाचार प्रकाशन गरेको थियो।

पत्रकार महासंघका महासचिव रमेश विष्टले अदालतमा मुद्दा जाहेर गराउनु खड्काको अधिकार भएको भन्दै उनको यस कदम सम्मानजनक भएको बताए। तर उनको यस कदमले सञ्चार जगतमा आगामी दिनहरू यस्ता अनुसन्धानात्मक समाचारहरुलाई निरूत्साहित गरेको बताए।

नेपाली सञ्चार क्षेत्रले भोग्ने गरेका यस्ता विभिन्न प्रकारका आर्थिक समस्याका कारण मिडिया जगतले सत्यतथ्य पूर्ण समाचार प्रकाशन गर्न सक्नेमा समेत शंका रहेको उनले बताए।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीका अनुसार खड्काको यस कदमले व्यावसायिक तथा स्वतन्त्र पत्रकारितामा हस्तक्षेप गरेको बताए।

आइएफजेले यसलाई एक गहन विषयका रूपमा लिई अनुसन्धान सुरू गरिसकेको बताएको छ। उसले यसको कडा शब्दमा आलोचना गरेको छ।

 

प्रकाशित: २० भाद्र २०७४ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App