७ वैशाख २०८१ शुक्रबार
राजनीति

यी हुन् मानव तस्कर गर्ने दलालहरु

नेपाली दूतावास युएईले भिजिट भिसाको नाममा ठगी गरी  मानव तस्कर गर्ने ५१ जना दलालहरुको नाम  सार्वजनिक गरेको छ। दूतावासले सोमबार  प्रेस विज्ञप्तिमार्फत २०७४ साउनदेखि हालसम्म मानव तस्कर गर्ने दलालहरुको फोन नम्बरसहित नामावली सार्वजनिक गरेको हो।

पछिल्लो समय युएईमा बसेर मानव तस्कर गर्ने  नेपाली दलालहरुको विगविगी बढेको छ। दलालहरुले विभिन्न प्रलोभन देखाई नेपालबाट २ देखि ४ लाखसम्म रकम लिएर भिजिट भिषामा नेपाली युवायुवतीलाई युएई ल्याउने गरेका छन्र। नेपाल सरकारले खाडी मुकलमा सामान्य नागरिकलाई भिजिट भिषामा जान रोक लगाएको छ।

तर नेपाली दलालहरुले  त्रिभुवन विमान स्थालमा काम गर्ने कर्मचारीको मिलोमतोमा सेटिङ गरी नेपाली युवायुवतीहरुको तस्कर गरिरहेका छन्। देशमा बढ्दो बेरोजगारीका कारण कामको खोजीमा भौँतारिरहका युवायुवतीहरुलाई दलालहरुले सेक्युरीटी गार्ड, सेल्सम्यान, लाइफ गार्ड, हाउसकिपिङजस्ता काम गर्न सजिलै पाइने। महिनाको ३० देखि ६० हजारसम्म कमाउन सकिनेजस्ता प्रलोभन देखाएर युएई ल्याउने गर्छन्।

यसरी युएई ल्याएर अलपत्र परेका पीडित नेपालीहरुले दिएको निवेदन र प्रमाणहरुको आधारमा नेपाली दूतावास युएईले ५१ जना मानव तस्कर गर्ने दलालहरुको नाम सार्वजनिक गरेको हो।

दूतावासले मानव तस्करीहरुको नामसँगै युएई आएर अलपत्र परेका नेपालीहरुलाई  उद्दार गरी नेपाल पठाएका ३३ जना महिला र ३८ जना पुरुष गरी ७१ जनाको नामसमेत विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ। दूतावासले गैरकानुनीरुपमा कुनै पनि काम नगर्न सबै नेपालीहरुलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ।

प्रकाशित: २० भाद्र २०७४ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App