coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

धर्मको मर्म

पहिलो घटना
एक हितैषी मित्र थिए– भानु घिमिरे । असाध्यै शिव भक्त । प्रत्येक सोमबार भगवान् शिवको पूजा अर्चना गरी निधारमा मात्र हैन, हातभरिसमेत अबिर÷केशरीले रंगिएर कार्यालय आउँथे । उक्त दिन फलफूलकै भरमा कट्थ्यो उनको । भेट्यो कि सोधिहाल्ने– शिवपुराण पढ्नु भो ? स्वस्थानीको कथा कति मीठो छ हगि ? भगवान् शिवको फोटो कोठाको सिरानमा राख्नुभो ? आदि ।

धर्म समाज नियन्त्रणको साधन पनि हो । यस अर्थमा धार्मिक संस्कार आवश्यक पनि छ । तर परम्पराका नाममा जडता र कष्टपूर्ण कर्मकाण्डीय पद्धतिमा भने समयानुकूल सुधार गर्नैपर्छ ।

परार सालकै मात्र कुरा हो । पुसको जाडो महिना । दुई दिनअघिमात्र पानी परेर रोकिएपछि वरिपरिका डाँडातिर सेताम्य हिउँ परेका देखिन्थ्यो । यस्तो कुरामा खुबै हौसिने उनले साथीभाइसँग हिउँ खेल्न जाने प्रस्ताव राखे । मैलेचाहिँ जान्न भनेँ । उनी गएछन् । नगरकोटबाट हिउँ खेलेर फर्कँदा सातदोबाटो (महालक्ष्मी स्थान) नजिक ट्रकले किचेर उसको मृत्यु नै भयो । 
 

दोस्रो घटना
सात वर्ष जति अघिको कुरा हो । हमेशा धर्मकर्म, पूजापाठ र व्रतमा ब्यस्त कालधाराकी एक परिचित महिला तिजको व्रत बसेकी थिइन् । हिन्दु महिला पतिको आयु दीर्घायु होस्, सौभाग्यवती भइयोस् र लोग्नेकै काखमा मर्न पाइयोस् भनी तिजको व्रत बस्ने गर्छन् । तर विडम्वना, पानीसमेत नखाई तिजको व्रत बसिरहेकै दिन ती महिलाले आफ्नो श्रीमान् मोटर दुर्घटनामा परी मृत्यु भएको खबर सुन्नुप¥यो । 
 

तेस्रो घटना
पोहोर साल असारमा मेरा एक अधिवक्ता मित्र दोलखा भीमसेन दर्शन गर्न सपरिवार मोटरसाइकल लिएर गएका थिए । दर्शन गरेर बेलुका घर फर्कँदा बीच बाटोमा पानी आई अकस्मात खोला बढ्यो । उक्त खोलाले साथमै रहेकी श्रीमती र काखकी छोरीलाई बगाएर लग्यो । बाबु र छोरा भने घाउ नै घाउयुक्त अचेत अवस्थामा भेटिए । 

यी केही प्रतिनिधिमूलक घटना हुन् जसले हामीले विश्वास गर्दै आएको धर्म र परम्परालाई चुनौती दिन्छन् । पक्कै हो, भगवान्ले मनका कुरा पुराइदिने, आयु लम्ब्याइदिने, सुखशान्ति र प्रगति सम्भव तुल्याइदिने विश्वासका साथ मानिस मरिहत्ते हाल्छन् उनीहरूका बासस्थान पुग्न । तर माथिका घटनाले बताउँछन् कि यो विश्वास कुनै जगमा आधारित छैनन् । नत्र किन भगवान्कै भक्तहरू आफ्ना बालबच्चा टुहुरो बनाएर मारिँदा पनि भगवान् चुँ बोल्दैनन् ? नत्र किन उनकै भक्तिका लागि पुगेकाहरू घर फर्कन नपाउँदा पनि भगवान् बेखबर हुन्छन् ? यस्ता धेरै प्रश्नको उत्तर आउनु आवश्यक छ ।

हुन त एकातर्फ तीर्थ गर्न जाँदा मृत्यु हुनुलाई राम्रो मानिन्छ र यस्तालाई सिधै स्वर्गमा ढोका खुल्छ भन्ने जनविश्वास पनि छ तर के ती तीर्थयात्री त्यही मृत्युका लागि तीर्थमा निस्केका हुन त ? उनीहरूका अरु पनि इच्छा आकाङ्क्षा होलान् तर तिनलाई उपेक्षा गरी एकैपटक उनीहरूलाई मृत्युको मुखमा पु¥याउनु न्यायसङ्गत होला ? यसबाट मृत्यु चाहनेले मात्र यस्तो यात्रा गर्ने र अरुले यस्तो यात्रा गर्नै नहुने धारणा जनमानसमा बढ्न जान्छ । 

धर्म÷कर्म र पूजापाठ गर्नाले ईश्वर प्राप्त हुन्छ, चिताएको पुग्छ, भय, डर त्रासबाट मुक्त होइन्छ भन्ने धार्मिक विश्वास हामीभित्र छ । यही मान्यताले नै अनुशासन र सामाजिक परिधि निर्माण पनि भएका छन् । यस अर्थमा धर्म समाजलाई एउटा निश्चित परिधिबाहिर जानबाट रोक्ने नियन्त्रणको साधन पनि बनेको छ । यही कारण हो कि कुनै पनि मानिस गलत काम गर्दा कानुनबाट नडराए पनि धर्मबाट केही न केही हच्किएकै हुन्छ । तर पछिल्ला दिनहरूमा धर्मले समाज नियन्त्रणको काम गर्न छाडेको देखिन्छ । कारण– माथि उल्लिखित घटनाका जगमा भन्नुपर्दा धर्मलाई अनावश्यक विशेषणसहित व्याख्या÷विश्लेषण गरियो, जुन सम्भवै थिएन ।

भद्धा सांस्कृतिक संस्कारले पनि धर्मप्रति वितृष्णा जगाउन मद्दत गरिरहेको छ अहिले । यस धर्तीमा जन्मेपछि यो नश्वर शरीर एक दिन परित्याग गर्नैपर्छ, यसमा शंकै छैन । तर बिहे, व्रतबन्ध र आफन्तको मृत्युपश्चात गर्नुपर्ने संस्कार यति झमेलायुक्त छन् कि जसले धर्मप्रति मानिसलाई आभारी बनाउँदैन । हुन त हिन्दु धर्मले ‘गर्नैपर्ने’ कठोरपना प्रदर्शन गर्दैन तर पनि लोकलाजका लागि यस्तो बेला गर्नैपर्ने ‘कर्तव्य’ ले बिस्तार मानिसलाई यो धर्मबाट भाग्न प्रेरित गरिरहेको छ । बिहान–बेलुकाको गर्जो टार्नै मुस्किल कतिपयलाई त धर्मका नाममा लादिने यस्ता कर्म ठूलो बोझका रूपमा समेत परिणत हुँदै गएको देखिन्छ । जसले धर्मप्रति आस्था बढाउँदै बढाउँदैन । आर्थिकरूपबाट पनि यो प्रत्युत्पादक बन्दै जान थालेको छ ।
खागरी ब्राह्मण र क्षत्री हिन्दु धर्म÷संस्कारबाट बढी नै समस्या भोग्नुपर्ने अवस्थमा देखिन्छन् । बाँचुन्जेल उपचार र स्याहारसुसारमा थुप्रै खर्च गर्न विवश उनीहरू आफन्तको मृत्युपश्चात कडा नियमबीच दुःख कष्ट बेहोर्न बाध्य हुन्छन् । अझ खासगरी आफन्तको मृत्युपश्चात । त्यसमा पनि महिला त झनै पीडामा पर्छन् । श्रीमतीको मृत्यु हुँदा श्रीमान्ले खासै सास्ती बेहोर्न नपर्ने तर श्रीमान्को निधनमा श्रीमतीले प्रताडित हुनुपर्ने नियम देख्दा लाग्छ– धर्मका नाममा पनि महिलामाथि विभेद हुने गरेको छ । जसलाई अबचाहिँ सच्याउन अघि सर्ने हो कि ? 

कुनै पनि धर्मका नियम मानिसकै लागि बनाइने हुन् । जसले मान्नुपर्ने हो उसैले मानिदिएन भने त्यस्ता नियमको कुनै अर्थ हुँदैन । त्यसैले हिन्दु धर्मलाई पनि कालजयी बनाउन साथै सधैँ स्तुत्य बनाउन यसलाई समय सान्दर्भिक बनाउनैपर्छ । यसका लागि धर्मका नाममा गरिने काल्पनिक व्याख्या सच्याउन जरुरी छ भने संस्कारहरूलाई पनि समयानुकूल बनाउनुको विकल्प छैन । कर्मकाण्डीय पद्धतिमा समेत व्यापक सरलीकरण र सुधार आवश्यक छ । यति भएमात्र हिन्दु धर्ममा आस्थावान््हरूलाई यहाँबाट निसास्एिर बाहिरिनुपर्ने अवस्था अन्त्य हुनेछ । 

प्रकाशित: २० भाद्र २०७४ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App