coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसले उम्मेदवार टुंग्यायो

काठमाडौं- नेपाली कांग्रेसले असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको छ । अन्य दलसँग तालमेलका लागि छुट्याइएका केही ठाउँबाहेक कांग्रेसले सबै तहका उम्मेदवार टुंगो लगाएको हो ।

पार्टीभित्र सहमति नजुटेका र माओवादी केन्द्रसहित अन्य दलसँग तालमेलका लागि कांग्रेसले १८ तहका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छैन । उसले बाराका जीतपुर,  सिमरा र निजगढ, धनुषाका हंसपुर र मिथिला, महोत्तरीका लोहरपट्टी र बलवा, रौतहटका आली गौर, देवाही गोनाई, मौलापुर र चन्दपुर, सप्तरीका खड्क र शम्भुनाथ, सर्लाहीका लालबन्दी र हरिवन, सिरहाका बरियारपट्टी, औरही, गोलबजार, मिर्चैया र कर्जन्हाका दुवै पदका उम्मेदवार टुंगो लगाएको छैन ।

पार्टीले दस स्थानीय तहका प्रमुख र नौ तहका उपप्रमुखमा उम्मेदवार तोकेको छैन । उम्मेदवार टुंगो लगाउन बाँकी स्थानमा अन्य दलसँग छलफल गरेर कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ ।

उम्मेदवार छनोटका विषयमा असन्तुष्ट रहेका रामचन्द्र पौडेल पक्षलाई पनि खाली स्थानमा समेटेर चित्त बुझाउने सभापति शेरबहादुर देउवा पक्षको तयारी छ । उम्मेदवारी छनोटप्रति असन्तुष्टि जनाउन सोमबार बिहान बालुवाटार पुगेका पौडेलपक्षीय नेतालाई सभापति देउवाले मिलाएर अघि बढ्ने आश्वासन दिएका छन् । पौडेल पक्षले भने पनि केही स्थानको टिकट वितरणलाई करेक्सन गर्न आग्रह गरेको थियो ।

बाँकी स्थानमा कहाँ कुन दलसँग तालमेल गर्ने र पार्टीका तर्फबाट उम्मेदवार टुंगो लगाउन कांग्रेस नेताहरू सोमबार रातिसम्म बैठकमै थिए । मंगलबार साँझसम्ममा तालमेलका साथै सबै स्थानका उम्मेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ ।

प्रकाशित: २० भाद्र २०७४ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App