coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कराँची भीडन्तमा चार आतङकवादी मारिए

इश्लामाबाद – पाकिस्तानको कराँचीमा सोमबार प्रहरी र आतङककारीहरूको बीचमा भएको दोहोरो भीडन्तमा चार जना आतङ्ककारीको मृत्यु भएको छ। 

प्रहरीले चलाएको खोजी कारबाहीका क्रममा दुई पक्षकाबीचमा झडप भएको सरकारी सुरक्षा अधिकारीहरुले जनाएका छन्। 
मारिएकाहरु तेहरिक इ तालिबान (टीटीपी) पाकिस्तानसँग सम्बन्धित व्यक्ति भएको बताइएको छ। पाकिस्तानी नोवेल पुरस्कार विजेता मलाला युसुफजाईमाथि सन् २०१२ मा भएको आक्रमणको पनि टीटीपीले जिम्मेवारी लिएको थियो। 

कराँचीको साडाफ समाजमा आतङककारीहरूको खोजी गरिरहेका बेला उनीहरूले नै प्रहरीलाई आक्रमण गर्न सुरु गरेका थिए । त्यसपछि दोहोरो गोली हानाहान भएको थियो। 

मारिनेमा टीटीपीका प्रमुख माउल्भी फाज्लुल्लाह, खुर्सीद लगायत रहेका छन्। टीटीपी पाकिस्तानका अधिकांश आतङ्ककारी आक्रमणमा संलग्न रहेको छ।

खुर्सीद कराँचीमा प्रहरीलाई आक्रमण गर्ने लगायतका धेरै घटनामा दोषी आरोपित भएकाले प्रहरीको खोजी सूचीमा रहेको सरकारी अधिकारीहरूले बताएका छन्। 

एक जना वरिष्ठ राजनीतिज्ञमाथि आइतबार भएको आक्रमणमा संलग्नलाई पक्राउ गर्नका लागि प्रहरीले खोजी अभियान चलाएको बताइएको छ। 

प्रकाशित: १९ भाद्र २०७४ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App