coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काँचुली फेर्दै वीर

काठमाडौं- मुलुककै सबैभन्दा पुरानो अस्पताल वीर आधुनिक सेवासँगै विस्तार हुँदै गएको छ। दक्ष चिकित्सकसहित जनशक्ति रहेको अस्पतालमा अत्याधुनिक सेवासमेत थपिन थालेका छन्। लामो समयदेखि आधुनिक परीक्षणका उपकरणविहीन वीरमा सिटीस्क्यान, एमआरआईजस्ता अत्याधुनिक उपकरणसहित नेपालमै पहिलोपटक वंशाणुगत रोगको उपचारका लागि जेनेटिक ल्याब र न्युक्लियर मेडिसिन (गामा क्यामेरा) सेवासमेत सुरु भइसकेको छ। अस्पतालमा नयाँ भवन, सेवा विस्तारसँगै विभिन्न शल्यकक्ष र प्रयोगशालामा समेत अत्याधुनिक उपकरण थपिएका छन्।

तीमध्ये सिटीस्क्यान, एमआरआई र जेनेटिक ल्याब, डिजिटल एक्स–रे, कम्प्युटराइज्ड एक्स–रेसमेत यो वर्ष थपिएको छ। जेनेटिक ल्याबमा साइटोजेनेटिक परीक्षणमा वंशाणुगत रोग पहिचान र मलिक्युलर जेनेटिक परीक्षणमा जन्मजात हुने रोग डाउनसिन्ड्रम रगत रोग, क्यान्सरलगायत विशेष खालका परीक्षण हुनेछन्।

१२७ औं वार्षिकोत्सव अवसर पारेर बुधबार यो प्रयोगशाला औपचारिक सुरु गरिएको छ।

अल्ट्रासाउन्ड थपेर ६ वटा पुर्‍याइएको छ। प्रयोगशालामा आधुनिक जाँचका लागि आवश्यक क्लिया मेसिन हर्मन टेस्ट, सेलकाउन्टर थपिएका छन् । न्युरो शल्यक्रियालाई अझै आधुनिक बनाउन माइक्रोस्कोपिक सर्जरी मेसिन, सिहार्म मेसिन, लेजरथेरापीसमेत थपिएको छ।

विस्तारित सेवाका कारण यस वर्ष नाकाबन्दीलगायत कारण बिरामी घटे पनि अस्पतालको आयमा करिब साढे ६ करोड वृद्धि भएको छ। अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितका अनुसार करिब १ हजार ४ सय बेड सञ्चालन गर्दासमेत अक्सिजन अभाव नहुने गरी अक्सिजन प्लान्ट, करिब् १६ करोड लागत पर्ने कोवल्ट १६ मेसिनसमेत यही वर्ष खरिद हुँदै छ।

त्यसैगरी, करिब तीन दशक पुराना लिफ्ट हटाएर नयाँ लिफ्टसमेत हालिएको छ। अधिक राजनीतीकरण, व्यवस्थापकीय समस्याका बाबजुद अस्पतालमा सेवा विस्तारसँगै महŒवपूर्ण सेवा र जाँच अस्पतालभित्रै सम्भव हुन थालेको छ।

'अब वीरमा छिरेका बिरामी कम्पाउन्डभित्रै रोकिने अवस्था बनेको छ,' उनले भने।

सर्वसाधारण मात्र होइन, वीरमा उच्चपदस्थ, भिआइपी र भिभिआइपीका लागिसमेत विशेषज्ञ व्यवस्थासहितको वार्ड सञ्चालनमा छ। सरकारले तोकेअनुसार भिआइपी र भिभिआइपीको उपचारका लागि बिदेसिने प्रवृत्ति घटाउन गत सार्क सम्मेलनका बेला यस्ता वार्ड बनाइएका हुन्।

परीक्षण र निदान सेवासँगै अस्पतालको भौतिक पूर्वाधार बढाउन थुप्रै काम सुरु भएको अस्पतालका निर्देशक डा. पण्डितले जानकारी दिए। जापानी सहयोग नियोग जाइकाको सहयोगमा आउँदो मंसिरदेखि छतले भवन निर्माण सुरु हुँदै छ जसमा अस्पतालका तीन वटा प्रमुख विभाग कार्डियोलोजी, नेफ्रोलोजी र ग्यास्ट्रोलोजीअन्तर्गतका ९४ शऒ्ढया थपिनेछन्।

अस्पतालको उत्तरतर्फ क्वार्टर रहेका क्षेत्रमा समेत अब नौतले नयाँ भवन बनाउ टेन्डर आह्वान भइसकेको छ। 'यो भवन बनिसकेपछि वीरमा ६ सय ६० शऒ्ढया थपिन्छ,' निर्देशक पण्डितले भने, 'सो भवन पेटस्क्यानसहित रेडियोथेरापी मेसिन राख्ने बंकसमेत बन्छ।'

त्यसबाहेक सरकारले हालै मात्र वीरलाई भक्तपुरमा ५ सय रोपनी जग्गा दिएरको छ। सो स्थानमा २ सय शऒ्ढयाको अस्पतालसहित अन्य पूर्वाधार बन्नेछ। त्यसबाहेक सरकारले हालै मात्र मनमोहन अस्पतालका नाममा रहेको स्वयम्भूको भौतिक पूर्वाधार र उपकरण किनेर वीरलाई नै चलाउन दिने योजना पनि बनाएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. गणेश गुरुङले सरकारले किन्न पैसा दिए मनमोहन न्याम्सले लिनेबारे मन्त्रिपरिषद्मा छलफल चलिरहेको बताए। गुरूङका अनुसार उनले न्याम्समा विकास र विस्तारका निम्ति १ हजार ५ सय शऒ्ढयाको केन्द्रीय अस्पताल बनाउने योजना रहेको सुनाए। 'सरकारले भक्तपुरमा दिएको ५ सय रोपनीमा विश्वविद्यालय भवन र १ हजार शऒ्ढयाको अत्याधुनिक विशेषज्ञ अस्पताल र नर्सिङ कलेजसमेत विस्तार गर्ने योजना बनिसकेको छ,' उनले भने।

न्याम्सका रजिस्ट्रार डा. किरण मानन्धरले करिब तीन दशकको बीचमा वीरमा सेवा विस्तारको भइनरहेको अवस्थामा पछिल्ला वर्ष धेरै विस्तार सुरु भएको बताए। 'सेवा थपसँगै बेड विस्तारका लागि समेत काम भइरहेको छ,' डा. मानन्धरले भने।

निर्देशक पण्डितले योसँगै वीरबाट छुट्ट्याइएको सेवासमेत विस्तार गर्दै जाने योजना रहेको सुनाए। सुरुमा भए पनि विभिन्न अस्पताल बनाउने क्रममा वीरबाट प्रसूति, बाल, आँखा, मानसिकलगायत सेवा छुट्ट्याइएको थियो।

हाल वीरमा २ सय शऒ्ढयाको ट्रमाबाहेक नै ४ सय ६० शऒ्ढया सञ्चालनमा छन्। तीमध्ये ७२ प्रतिशत निःशुल्क र बाँकीमा पनि न्यून शुल्क छ।

प्रकाशित: १३ श्रावण २०७३ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App