coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भुदेउ हत्या प्रकरणमा अदालतको परमादेश

खोटाङ – प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा उच्च अदालत विराटनगरका अस्थायी इजलास ओखलढुंगाले विपक्षीहरुको नाममा परमादेश जारी गरेको छ। 

जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखिएकै अवस्थामा २०७० असार २६ गते रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १८ वर्षीय भुदेउ भनिने किरण राईको मृत्यु भएको घटनामा अस्थायी इजलास ओखलढुंगाले विपक्षी जिल्ला प्रशासन कार्यालय र जिप्रका खोटाङको नाममा परमादेश जारी गरेको हो। 

वरिष्ठतम न्यायाधीश टेकराज नेपाल र न्यायाधीश दीपेन्द्रबहादुर बमको संयुक्त इजलासले निवेदनको माग दाबीबमोजिम जाहेरी दरखास्त लिएर अनुसन्धानको प्रक्रिया अघि बढाउन परमादेश जारी हुने ठहर गरेको छ। 

रिटमाथि सरकारी वकिलका तर्फबाट नवराज पराजुली र निवेदकका तर्फबाट अधिवक्ता टुकराज निरौलाले बहस गरेका थिए। 

ज्यान मारेको अभियोगमा २०७० जेठ २८ गते पक्राउ परेपछि जिप्रका खोटाङको हिरासतमा राखिएका भुदेउको प्रहरीको कुटपिट र यातनाबाट हिरासतमै मृत्यु भएको पीडितको दाबी छ। 

प्रहरीको हिरासतबाट भाग्दै गरेको अवस्थामा पुनः बुइपाबाट पक्राउ परेपछि उनलाई प्रहरीले निर्घात कुटपिट गरेको मृतकका आफन्त रञ्जीव राईले बताए। 

थुनुवा भुदेउको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रहरी नायब उपरीक्षक राजीव बस्नेत, प्रहरी निरीक्षक रमेश देवलगायत ११ जना प्रहरीविरुद्ध कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो । रासस 

प्रकाशित: १९ भाद्र २०७४ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App