अवैध रूपमा बालुवा निकाल्न खाेज्दा एक बेपत्ता

सोमबार, १९ भदौ २०७४, १४ : २६ भगवती लामा

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका ७ स्थित त्रिशुली नदीमा अवैध रुपमा बालुवा निकाल्न खोज्दा स्काभेटर भासिएर एक जना बेपत्ता भएका छन् । रातको समयमा स्काभेटर प्रयोग गरी बालुवा निकाल्ने क्रममा धादिङका २९ वर्षीय सुरेश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

“नदीमा भासिएको स्काभेटरको ढोकामा प्रयोग गरिएको शिसा फुटेको अवस्थामा भेटिएको छ,” जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले  भने, “स्काभेटर नदीमा भासिदा निस्सासिएर झ्याल फुटाएर भाग्न खोज्दा नदीले बगाएर बेपत्ता भएको अनुमान छ । हराएकाको खोजी कार्य भइरहेको छ ।” रातको समयमा जालपादेवी बालुवा प्रशोधन उद्योग प्रालीले बालुवा निकाल्ने कार्य गरेकोले सञ्चालकसँग सोधबुझ भइरहेको प्रहरीले जनाएको छ। 

त्रिशुली नदीबाट अबैध बालुवा निकाल्दा हराउनेहरूको सङ्ख्या बढ्दै जाँदा समेत नियन्त्रण गर्ने निकाय मौन छ । त्रिशूली, तादी, लिखु, कोल्पु, सामरी सलाखु, फलाखु नदीबाट रातको समयमा स्काभेक्टर प्रयोग गरी बालुवा उत्खनन् गर्ने गरिएको छ। 






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad