६ वैशाख २०८१ बिहीबार
समाज

चार सय वर्ष पुरानो शिलालेख फेला

अर्घाखाँची – अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ ।

शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिति १६८५ चैत १३ गते रहेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलविद्युत् आयोजनास्थल हेर्न जाने क्रममा शिलालेख भेटिएको हो । श्री लेखिएकाले कुनै सरकारी तर पुरानो अभिलेख हुनसक्ने वा राप्ति नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको अर्घाखाँचीका सहायक प्रजिअ खत्रीले बताए। यो शिलालेख अहिलेसम्म कसैले देखेका थिएनन्। 

यो पुरानो लिपि हो यसलाई पुरानो विज्ञले विश्लेषण गर्नसक्ने भन्दै त्यहाँ लिएका तस्बिर विज्ञलाई पठाएको सहायक प्रजिअ खत्रीको भनाइ छ। 

शिलालेख ठूलो ढुंगामा गडेको अवस्थामा रहेको छ । शिलालेख रहेको स्थानमा जाने बाटो अप्ठ्यारो भएको र उक्त ठाउँ बस्तीभन्दा टाढा रहेको छ । रासस 

प्रकाशित: १९ भाद्र २०७४ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App