८ वैशाख २०८१ शनिबार
समाज

बर्दिबास–ढल्केबर सडक खण्डको रातु पुल भासिएपछि यात्रुको विजोग (फोटो फिचर)

सिन्धुली-  पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास ढल्केबर सडक खण्डमा पर्ने रातु पुल भासिएपछि यात्रुहरु समस्यामा परेका छन्।  दैनिक हजारौंको सङख्यामा गुड्ने सवारीलाई पुल नहुँदा खोलाबाट आवातजावत गर्नुपरेपछि यात्रु समस्यामा परेका हुन्।  

पुलबाट झन्डै पाँचसय मिटर वरपरबाटै यात्रुलाई ओरालेर जोखिम मोलेरै खोलाको बाटो सवारी जाने गरेपछि यात्रुको विचल्ली भएको हो। तीन/चार घण्टा जाममा बसेर खोला पार गर्नुपर्दा सवारीलाई पनि सहज छैन। त्यसमाथि सवारीमा यात्रुहरुले राखेको झोला सामान सबै झारेर बोकेरै पुल पारीसम्मको यात्रा गर्न दैनिक हजारौ यात्रु बाध्य भएका छन् । गत साउनको अन्तिम साता परेको अविरल बर्षासँगै आएको बाढीका कारण पुलको बिच भाग धसिएपछि त्यस्तो अवस्था आएको हो।

तराईका विभिन्न जिल्लामा हुन लागेको चुनावमा ओहोरदोहोर गर्ने मतदाता तथा अन्य पार्टीका नेता कार्यकर्ताको चहलपहल भइरहँदा पुलकै कारणले विजोक भएको नेपाली काँग्रेसका एक नेताले बताए । नजिकै ठूला क्रसर चलेका छन्, तिनकै कारण पुल बर्षेनी जोखिम हुदै गएको हो, उनले भने–‘संरक्षणको अभावका कारण यो अवस्था भोगेका छौ । पुल नभएपछि सवारीबाट झरेर टाउकामाथि सामान बाकेकी वितामोडकी सरस्वती पन्थले निकै सास्ती भोग्नु परेको बताइन् । यो पुल भासिनुमा सरकार र प्रकृतिकै दोषि देखियो उनले व्याङग्यात्म शैलिमा भनिन्–‘ न सरकारलेनै बेलैमा ध्यान दियो । न त बाढीले नै ।’ प्रकृतिले दिएको सास्ती खेप्नै पर्‍यो । चाडपर्व र निर्वाचनले सवारीको चाप समेत ह्वात्तै बढेको छ । सवारी चाप बढ्दा घण्टौ जाममा बस्नुपर्ने बाध्यता रहेको सवारी चालक बताउछन् । ठूला मालबाहक ट्रकले राती नभई जान पाउँदैनन् भने साना सवारीले पनि घण्टौ जाममा बस्ने गरेका छन्।

पुल धसिएपछि सवारी आवातजावतमा सहज बनाउन पुलमाथि बेलिब्रिज बनाउन थालिएको छ । पुलको बिच भागमात्रै धसिकाले दायाबायामा बढी भार हुने गरि बेलिब्रिज निर्माण भइरहेको स्थानियले जनाए । अबको केहि दिनपछि बेलिब्रिज निर्माण सम्पन्न हुन्छ, निर्माणमा खटिएका एक कामदारले भने–त्यसपछि सवारी आगमनमा सहज हुन्छ।’

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App