८ वैशाख २०८१ शनिबार
राजनीति

संघीय फोरमद्वारा थप उम्मेदवार घोषणा

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रदेश न. २ अन्तर्गतका स्थानीय तहको उम्मेदवारको दोस्रो नामावली सार्वजनिक गरेको छ । महासचिव रामसहाय यादवका अनुसार उम्मेदवारी तय गर्न वाँकी रहेका स्थानीय तहको उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

‘पहिला एक चरणमा धेरै जसो स्थानीय तहको उम्मेदवारको नामावली सार्वजनिक गरेका थियौं, यो दोस्रो चरणमा बाँकी रहेका थप उम्मेदवारको नामावली सार्वजनिक गरेका हौं,’ यादवले नागरिकन्युजसँग भने, ‘अहिलेसम्म तालमेलको औपचारिक निर्णय भने भएको छैन ।’ उनका अनुसार अव दर्जन वरावरको स्थानीय तहमा मात्रै उम्मेदवारी घोषणा गर्न वाँकी छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सवैभन्दा पहिला उम्मेदवारी घोषणा गरेर संघीय फोरमले अग्रता लिएको छ । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध भएको उक्त दलले पहिलो र दोस्रो चरणको निर्वाचनमा भाग लिएको थियो, जसवाट ३ सय ९७ प्रतिनिधि विजयी भएर स्थानीय तहमा आइसकेका छन् । सो मोर्चामा रहेका अन्य तराई मधेस केन्द्रीत ६ दलले भने दुवै चरणको निर्वाचनलाई वहिस्कार गरेका कारण उनीहरुको प्रतिनिधित्व भने हुन सकेन ।

असोज २ गते हुन गइरहेका निर्वाचनमा १ सय ३६ वटा स्थानीय तहमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम जारी रहेको वेला संघीय फोरमले सो नाम सार्वजनिक गरेको हो। आगमी भदौं २१ गते उम्मेदवार मनोनयन प्रक्रियासँगसँगै तेस्रो चरणको निर्वाचनको प्रक्रियाको औपचारिक रुपमा सुरु हुँदैछ।

उक्त पार्टीवाट उम्मेदवार घोषणा भएका थप नामावली तल उल्लेख छ ।

प्रकाशित: १९ भाद्र २०७४ ०५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App