coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संघीय समाजवादी फोरमका उपाध्यक्षलाई कार्यकर्ताले घरमै थुने

राजविारज- संघीय समाजवादी फोरम नेपालले टिकट टुंगो लगाएलगत्तै पार्टीभित्र हंगामा सुरु भएको छ। टिकट वितरणमा धाँधली गरेको भन्दै कार्यकर्ताहरुले नेताहरुविरुद्ध नाराबाजी सुरु गरेको छ।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा दुई नम्बर प्रदेशकका प्रादेशिक संयोजक रेनुकुमार यादवलाई कार्यकर्ताहरुले उनकै घरमा थुनेर राखेका छन्। विगत दुई घन्टादेखि उपाध्यक्ष यादवलाई घरमै थुनेर राखेका हुन्।

राजविराजस्थित निवासको मूल ढोकामा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। कार्यकर्ताहरुले घर अगाडि नै टायर बालेर प्रदर्शनसमेत गरेका छन्। टिकट वितरणमा धाँधली गरेको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन्।

प्रकाशित: १९ भाद्र २०७४ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App