८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

काठमाडौं- ‘जम्बो’ मन्त्रिपरिषद गठन गरेर आलोचना खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले छेटौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई चार मन्त्रालय दिँदै विस्तार गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए ।

‘सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको छ । केही दिनभित्रै यो विषय टुंगिनेछ,’ परियारले नागरिकसँग भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विभाजित भएर गठन भएको प्रजातान्त्रिकले वन, उद्योग, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय पाउनेछ ।

राप्रपा प्रजातान्त्रिकबाट दीपक बोहोरा, विक्रम पाण्डे, सुनिलबहादुर थापा र रामकुमार सुब्बा मन्त्री बन्ने सम्भावना छ । बोहोरा, पाण्डे र थापा प्रत्यक्ष निर्वाचित सांसद हुन् भने सुब्बा राप्रपा र राप्रपा नेपाल एकीकरण हुनुभन्दाअघि राप्रपा नेपालको संसदीय दलका उपनेता थिए ।

राप्रपा प्रजातान्त्रिकका प्रवक्ता किरण गिरीले केही दिनभित्रै पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा सहभागिता हुने बताए ।

 

प्रकाशित: १९ भाद्र २०७४ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App