८ वैशाख २०८१ शनिबार
खेल

विश्वकपमा ७ राष्ट्रको भाग्य परीक्षण

अर्को वर्ष रूसमा हुने विश्वकपको छनोट अन्तिम चरणमा पुग्दा मंगलबार एसियाका सात राष्ट्रले आफ्नो भाग्य परीक्षण गर्नेछन् । एसियाबाट इरान र जापानले यसअघि नै विश्वकपको टिकट पक्का गर्दा अस्ट्रेलिया, साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स(युएई), दक्षिण कोरिया, सिरिया, उज्वेकिस्तान र चीनले बाँकी सिटका लागि प्रतिस्पर्धा गर्दै छन् ।

एसियाका दुवै समूहका शीर्ष दुई टोली स्वतः विश्वकपमा छनोट हुनेछन् । त्यस्तै तेस्रो स्थानको टोलीले विश्वकपमा स्थान सुरक्षित गर्न अन्तरमहादेशीय प्लेअफअन्तर्गत कन्काकाफको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

अस्ट्रेलियाको विश्वकप यात्रा जापानको प्रदर्शनमा निर्भर हुनेछ । मेलबर्नमा हुने खेलमा कमजोर प्रतिद्वन्द्वी थाइल्यान्डविरुद्ध जित दर्ता गरे पनि अस्ट्रेलियालाई स्वतः विश्वकपमा स्थान सुरक्षित गर्न पर्याप्त हुने छैन । साउदी अरेबिया जापानसँग पराजित भए मात्र अस्ट्रेलियाको विश्वकप यात्रा पक्का हुनेछ ।

‘मंगलबार थाइल्यान्डविरुद्धको खेल हाम्रा लागि पछिल्लो १० वर्षकै महŒवपूर्ण खेल हुनेछ,’ अस्ट्रेलियाका कार्यवाहक कप्तान मार्क मिलिगनले भने ।

९ खेलमा समान १६ अंक जोडे पनि अस्ट्रेलिया गोलअन्तरमा साउदी अरेबियाभन्दा पछि रहँदै समूह ‘बी’ को तेस्रो स्थानमा छ । मंगलबार दुवै टोलीले जित हात पारे साउदी अरेबियाले रूसको यात्रा पक्का गर्दा अस्ट्रेलिया प्लेअफमा धकेलिनेछ ।

यता १३ अंक जोड्दै चौथो स्थानमा रहेको युएई  इराकलाई पराजित गर्दै विश्वकप छनोटको गणितीय सम्भावना जीवित राख्ने लक्ष्यमा हुनेछ । तर तेस्रो स्थानमा रहेर प्लेअफमा छनोट हुन युएईले इराकलाई फराकिलो अन्तरमा पराजित गर्नुका साथै अस्ट्रेलिया र साउदी अरेबियाले पनि भारी अन्तरमा आआफ्नो खेल गुमाएको हेर्न पाउनुपर्नेछ ।

समूह ‘ए’ बाट इरान विजेताका रूपमा यसअघि नै विश्वकपमा छनोट भैसकेको छ ।

दोस्रो स्थानको टोली पनि स्वतः छनोट हुने र तेस्रो टोलीले प्लेअफको अवसर पाउने भएकाले बाँकी दुई स्थानमा लागि अन्य ४ टोलीबीच तीव्र प्रतिस्पर्धा छ ।

दोस्रो स्थानको दक्षिण कोरिया र चौथो स्थानकोे उज्वेकिस्तानबीचको दूरी २ अंक मात्र छ ।

दोस्रो स्थानको दक्षिण कोरियाले तास्कन्दमा हुने खेलमा उज्जवेकिस्तानलाई पराजित गरे विश्वकप यात्रा पक्का गर्नेछ । तर उज्वेकिस्तानविरुद्धको हार र तेस्रो स्थानको सिरियाले इरानविरुद्ध अप्रत्याशित नतिजा निकाले त्यो दक्षिण कोरियाका लागि पीडादायी बन्नेछ ।

यस्तो नजिता निस्किए गोलअन्तरमा उज्वेकिस्तानभन्दा माथि भएको सिरियाले दोस्रो स्थान कब्जा गर्दै स्वतः विश्वकपमा छनोट हुनेछ ।

तर छनोट चरणको एक मात्र अपराजित टोलीलाई हराउनु सिरियाका लागि कठिन चुनौती हुनेछ । घरेलु द्वन्द्वका कारण सिरियाले घरेलु मैदानमा हुने खेल अन्यत्र खेलिरहेको छ ।

यता ९ अंकका साथ पाँचौं स्थामा रहेको चीनले कतारलाई हराए प्लेअफको आशा राख्न सक्छ । तर त्यसका लागि उज्वेकिस्तान तथा सिरियाले आआफ्ना खेल गुमाउनपर्नेछ ।

प्रकाशित: १९ भाद्र २०७४ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App