७ वैशाख २०८१ शुक्रबार
खेल

मनोनयनमा फुटबलको वर्चस्व

काठमाडौं- फुटबलबाट पाँच खेलकर्मी समावेश गर्दै आइतबार पल्सर स्पोटर््स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी गरी  आइतबार चार विधामा मनोनयन सार्वजनिक गर्दा फुटबलका महिला राष्ट्रिय टोलीकी सावित्रा भण्डारी, पुरुष राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ, गोलकिपर किरणकुमार लिम्बु, जापानी प्रशिक्षक ग्याटुको कोजी र रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी परेका छन् ।

प्रत्येक विधामा शीर्ष पाँच खेलाडीको मनोनयन सार्वजनिक गर्दा फुटबलपछि एथलेटिक्सका चार खेलाडी परेका छन् । कान्छीमाया कोजु, सरस्वती भट्टराई, सोमबहादुर कुमाल र प्रशिक्षक पुष्पराज ओझा मनोनयनमा पर्न सफल एथलेटिक्सकर्मी हुन् ।

भदौ २६ मा हुने स्पोर्ट्स अवार्डमा आठ विधा समावेश छन् । त्यसमध्ये पिपल्स च्वाइस विधामा पाँच खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ भने लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष पुरस्कार र उत्कृष्ट पारा एथलिट विधामा मनोनयन नगरी सोझै विजेता घोषणा गरिने मञ्चले जनाएको छ ।

पिपल्स च्वाइस, पुरुष, महिला र प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकलसहित विभिन्न उपहारहरू पाउनेछन् भने अन्य चार विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित उपहार प्रदान गरिने मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी गराएका छन् ।

वर्ष २०७३ मा गरेको प्रदर्शनका आधारमा गरिएको मनोनयनमा उत्कृष्ट पुरुष खेलाडीको विधामा किरणसहित क्रिकेटका स्टार शरद भेषावकर, ब्याडमिन्टनका रत्नजित तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् ।

त्यस्तै महिलातर्फ कान्छीमाया, सरस्वती र सावित्रासहित  ब्याटमिन्टनकी नङ्सल तामाङ र आर्चरीकी ज्ञानु अवाले पर्न सफल भएका छन् । कान्छीमाया पिपुल्स च्वाइस विधामा पनि मनोनयनमा छिन् । युवातर्फ अनन्तसँगै राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोतोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली उत्कृष्ट पाँचमा समेटिएका छन् । दीपेन्द्र पिपुल्स च्वाइस मनोनयनमा पनि छन् । त्यस्तै प्रशिक्षक विधामा कोजी र मेघराजसहित राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, एथ्लेटिक्सका पुष्पराज ओझा र ब्याड्मिन्टनका किरण थापा मनोनयनमा परेका छन् ।

खेलाडी छनोट समितिका संयोजक राजु घिसिङले वर्षभर अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरेको बताए ।

महिला

कान्छीमाया कोजु, एथलेटिक्स

– म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान

– २०७३ मा भाग लिएका सबै पाँच हाफ म्याराथन च्याम्पियन

– सातौं राष्ट्रिय खेलकुदको ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक

 

ज्ञानु अवाले, आर्चरी

– बंगलादेशमा भएको इन्टरनेसनल सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा रजत जित्दा टोलीका लागि सर्वाधिक स्कोर गर्ने खेलाडी

– सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक

– रिकर्भ ७० मिटरमा ३ सय अंक पार गर्ने पहिलो नेपाली महिला

 

नङ्सल तामाङ, ब्याडमिन्टन

– पाकिस्तान इन्टरनेसनल सिरिजअन्तर्गत मिक्स डबल्समा उपाधि तथा महिला एकलमा कांस्य पदक विजेता

– बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वार्टरफाइनलसम्मको यात्रा

– सातौं राष्ट्रिय खेलकुदमा चारसहित घरेलु प्रतियोगितामा सात उपाधि

 

सावित्रा भण्डारी, फुटबल

– अन्तर्राष्ट्रिय खेलमा १३ तथा राष्ट्रिय प्रतियोगितामा २९ गोल

– अन्तर्राष्ट्रिय फुटबलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो नेपाली महिला

– प्रधान सेनापति कपमा एपिएफलाई च्याम्पियन बनाउँदा सर्वाधिक १३ गोल गर्दै सर्वोत्कृष्ट खेलाडी हुन सफल

 

सरस्वती भट्टराई,

– रियो ओलम्पिकमा १ हजार ५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सफल

– १ हजार ५ सय मिटरमा ४ मिनेट ३३.९४ सेकेन्डको नयाँ कीर्तिमान

– सातौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण

 

पुरुष

किरणकुमार लिम्बु , फुटबल

– एएफसी सोलिडारिटी कप जित्दा सेमिफाइनलमा लाओससँग टाइब्रेकरमा ३ पेनाल्टी रोक्न सफल

– एएफसी एसियन कप छनोटमा फिलिपिन्सविरुद्ध पेनाल्टी बचाएका

– बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा माल्दिभियन क्लब टिसी स्पोर्ट्सलाई च्याम्पियन बनाउँदा उत्कृष्ट प्रदर्शन 

रत्नजित तामाङ, ब्याड्मिन्टन

– दिदी नङ्सलस“गै पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन

– नेपाल इन्टरनेसनल सिरिज र बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वार्टरफाइनल पुगेका

– सातौं राष्ट्रिय खेलकुदमा भाग लिएका सबै ४ सहित घरेलु प्रतियोगितामा स्वर्ण

 

शरद भेषावकर, क्रिकेट

– वितेको वर्ष ९ खेलमा २ सय ६४ रन बनाउनुका साथै ४ विकेट लिन सफल

– अविजित रहँदै तीन पटक अर्धशतक बनाएका

– नेपालको सफलतामा उत्कृष्ट फिनिसरका रूपमा स्थापित

 

सोमबहादुर कुमाल, एथ्लेटिक्स

– ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत

– सातौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण

 

मानबहादुर श्रेष्ठ, भलिबल

– एसियन सेन्ट्रल जोन भलिबलमा कांस्य जित्दा प्रतियोगिताका बेस्ट आउटसाइड अट्याकर घोषित

– बंगबन्धु च्याम्पियनसिपमा २ पटक म्यान अफ दी म्याच हुन सफल

– सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक

 

युवा

दीपेन्द्रसिंह ऐरी, क्रिकेट

– २०७३ सालमा नेपाली टिमका लागि सर्वाधिक ३५७ रन

– ४ अर्धशतकका साथै ४ विकेट लिन सफल

– राष्ट्रिय टिमबाट ५ खेलमा २ सय ११ रन र ३ अर्धशतक

 

अनन्त तामाङ, फुटबल

– एएफसी सोलिडारिटी कप विजेता टोलीका महŒवपूर्ण खेलाडी

– रक्षापंक्तिको जिम्मेवारी भए पनि सेमिफाइनलमा ओभरल्यापमा गएर गोल गर्न सफल

 

मनिता श्रेष्ठ प्रधान, जुडो

– क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्य पदक

– सातौं राष्ट्रिय खेलकुदसहित तीन घरेलु प्रतियोगितामा स्वर्ण पदक

– अम्बिका मेमोरियल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी

 

कमला श्रेष्ठ, भारोत्तोलन

– वर्ष २०७३ मा चार राष्ट्रिय कीर्तिमान

– सातौं राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित तीन स्वर्ण पदक

– १२ वर्ष पुरानो कीर्तिमानमा सुधार

 

प्रतिभा माली, भलिबल

– न्यु डायमन्ड एकेडेमीलाई घरेलु प्रतियोगिताका चार उपाधि जिताउने सेन्ट्रल स्पाइकर

–४ प्रतियोगितामा उत्कृष्ट खेलाडीसहित थुप्रै व्यक्तिगत पुरस्कार

–माल्दिभ्सको मिस्किमागुलाई त्यहाँको राष्ट्रिय च्याम्पियनसिप जिताउँदाकी सर्वोत्कृष्ट विदेशी खेलाडी

 

प्रशिक्षक

ग्याटुको कोजी, फुटबल

– नेपाली राष्ट्रिय फुटबल टिमलाई सोलिडारिटी कप च्याम्पियन बनाउने प्रशिक्षक ग्याटुको कोजी

– वर्षभर खेलिएका ६ मध्ये ३ खेलमा जित

 

पुष्पराज ओझा, एथ्लेटिक्स

– रियो ओलम्पिकमा सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदाका प्रशिक्षक

– सातौं राष्ट्रिय खेलकुदमा आर्मीलाई २२ स्वर्ण, १६ रजत र ८ कांस्य पदक जिताउन सफल

 

मेघराज केसी, फुटबल

– एएफसी कपको प्रारम्भिक छनोटमा थ्री स्टारलाई पहिलो बनाउँदै प्लेअफमा छनोट गराउने प्रशिक्षक

– गुवाहटीमा भएको ६४औं बोर्डोलोई ट्रफीमा थ्री स्टारलाई च्याम्पियन बनाउन सफल

 

जगत टमाटा, क्रिकेट

– विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ६ मध्ये ४ खेल जिताएका प्रशिक्षक

– नामिबियाविरुद्ध २ तथा केन्या र नेदरल्यान्ड्सस“ग १÷१ खेलमा सफलता

– इमर्जिङ टिम्स कपमा हङकङमाथि जित

 

किरण थापा, ब्याड्मिन्टन

– पाकिस्तान इन्टरनेसनल सिरिजको मिक्स डबल्समा स्वर्ण पदक जित्दाका प्रशिक्षक

– नङ्सललाई पाकिस्तानमा महिला एकलको कांस्य पदकसम्म डो¥याउन सफल

प्रकाशित: १९ भाद्र २०७४ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App