‘घरबार गुमाएकालाई भेट्न चाहँदैनन् नेता’

सोमबार, १९ भदौ २०७४, ०७ : ५९ जितेन्द्रकुमार झा

कोइलाडी (सप्तरी)- वैशाखमा श्रीमान बिते, साउन अन्तिम साता आएको बाढीले घरवार बगाइदियो । न ओत लाग्ने घर छ, न खाने अन्न नै । दुई अबोध सन्तान छन् । कसरी भरणपोषण गर्ने चिन्ता छ उनलाई । ‘विपत्तिको पहाड जस्तै भएको छ यो जिन्दगी’, २८ वर्षीय अनिता सदाले भनिन्, ‘अबोध छोराहरूको मुख हेरेर मर्न पनि सकिँदैन तर बाँच्न पनि त्यतिकै गा¥हो छ ।’

‘विपत्तिको पहाड जस्तै भएको छ यो जिन्दगी । अबोध छोराहरूको मुख हेरेर मर्न पनि सकिँदैन तर बाँच्न पनि त्यतिकै गा¥हो छ ।’- अनिता सदा, स्थानीय।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४, कोइलाडीस्थित मुसहर बस्तीकी अनिताका सासूससुरा पनि छैनन् । जेठाजु र देवर छन् तर गरिबीका कारण आफ्नै परिवार पाल्न उनीहरूलाई धौ–धौ छ । बेलाबखत माइतीले सहयोग नगरेका पनि होइनन् । ‘तर माइतीकै भर कति दिन ?’, अनिता भन्छिन्, ‘बाढीले घर बगाएपछि  माइतीबाट बुवा र भाइहरू आएर ओत लाग्ने छाप्रोे बनाइदिए, उनीहरू पनि गरिबै छन्, कहिलेसम्म मेरो जिम्मेबारी धान्नु ।’
    सोही बस्तीकी ७० वर्षीया सोमनीदेवी सदा बाढीका कारण घरवारविहीन भएकी छिन् । सोमनीका श्रीमान बितेको एक दशक बढी भयो । उनका दुइटा छोरा छन् तर अलग्गै बस्छन् । वृद्ध आमाको उनीहरूलाई कुनै मतलब नभएको स्थानीय बताउँछन् । सोमनीले भनिन्, ‘एउटा सानो झुप्रो थियो त्यहीं बसेर जसोतसो जीवन निर्वाह गर्दै आएकी थिएँ तर, बाढीले त्यो झुप्रो पनि बगाइदियो ।’
    बाढीका कारण यसै बस्तीका ५ वर्षीय कमलु सदाको ज्यान गएको थियो । बाढीले चारैतिर घेरिएका कारण समयमा उपचार नपाउँदा कमलुको मृत्यु भएको थियो । कमलुको शव गाड्ने ठाउँ नपाएर उनका परिवारले कोसीको भेलमा बगाइदिएका थिए । ‘छोराको ज्यान जोगाउन न त उपचार नै गर्न सकियो, न त मृत्युपछि सदगत नै’, आइतबार घरमै भेटिएका उनका बुवा फुदनले भने, ‘दुश्मनलाई पनि यस्तो पीडा खेप्नु नपरोस् ।’
    साउन अन्तिम साताको बाढीले सिंगो तिलाठी–कोइलाडी गाउँपालिका नै डुबानमा प¥यो । बाढी आएको तीन साता बित्न लाग्यो, कतिपय बाढी प्रभावित सामान्य जनजीवनमा फर्कने प्रयास गर्दैछन् । तर कोइलाडीस्थित मुसहर बस्तीले भने बाढीको पीडा अझै भुल्न सकेको छैन ।     ८०÷८५ मुसहर परिवारको बसोबास रहेको यस बस्तीका प्रत्येकको अआफ्नै कथा र व्यथा छन् । ‘समस्यैसमस्या र पीडामा जीवन बिताउन बाध्य हामी गरिब विपन्नहरूको पीडा बाँड्न सक्ने कोही छैन’, ललकु सदाले भने, ‘च्युरा, मुरही बाँड्नेहरू पनि हराए । नेता र हाकिमहरू पनि देखिँदैनन् ।’

    बाढीपीडित सप्तरीमा यतिखेर चुनावी अभियान तीव्र छ । रंगिबिरंगी, पर्चा पम्पलेट, टिसर्ट, तुल तथा ब्यानरले गाउँनगरका चोक, गल्ली रंगिएका छन् । टोलटोलमा चुनावी बैठक भइरहेका छन् । विभिन्न दलमा आबद्ध ठूला–साना नेताहरू आश्वासन बाँड्न व्यस्त देखिन्छन् । तर, कोइलाडीस्थित विपन्न मुसहर बस्तीमा भने चुनावी चर्चा र चहल–पहल छैन । बस्तीका कुनै घरमा झन्डा पनि टाँगिएको छैन । बस्तीको कसैको जिउमा पनि दलका नाम र चुनावचिह्न अंकित टिसर्ट पनि देखिँदैन । ‘छैन हजुर पछिल्लो दुई सातायता कोही नेता हाम्रो बस्तीमा देखिएका छैनन्’, स्थानीय बिहारी सदाले भने, ‘जसले जिते पनि हामीलाई के ? हाम्रो पीडामा सघाउने कोही छैन ।’ बस्तीका झन्डै ३५÷४० घर कामै नलाग्नेगरी बाढीले भत्काएको सदाले बताए । ‘नढलेका घरको अवस्था पनि राम्रो छैन’, उनले भने, ‘एक त मुसहरको घरै कस्तो हुन्छ र हजुर, त्यसमाथि बाढीले जग नै हल्लाइदिएपछि बाँसको घर कतिखेर लड्नेहो भन्ने ठेगान नै हुँदैन ।’
    बाढीले सप्तरीका थुप्रै दलित र विपन्न बस्तीमा बिपत्ति निम्त्याएको छ तर उनीहरूको पीडा सम्बोधन गर्न मधेसवादीदेखि लिएर अन्य दलका नेताहरूले चासो नदिएको दलित र विपन्नहरूको गुनासो छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पछिल्लो दुई दिनदेखि सप्तरीमै छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उप–प्रधानमन्त्री विजयकुमार गच्छदार पनि तीन दिनदेखि सप्तरीमै छन् । उनले मधेस आन्दोलनका सहिद राजीव राउतको परिवारलाई एक कार्यक्रममा एक लाख रुपैयाँसमेत हस्तान्तरण गरेको सो पार्टीको दाबी छ । राजपा अध्यक्षमण्डलका अध्यक्षहरू सरतसिंह भण्डारी र महेन्द्र राय यादव पनि यसै साता सप्तरीमा आफ्नो चुनावी सभा सकेर फर्केका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले नेता महेन्द्र पाण्डे पनि सप्तरी आएर फर्के । तर यी कुनै पनि नेताले बाढी विस्थापित विपन्न र दलितको समस्यामा चासो नदिएको  पीडितको भनाइ छ ।
    ‘हामी म¥यौं कि बाँचेका छौं, त्योसम्म हेर्ने फुर्सद छैनन् हाम्रा नेताहरूलाई’, स्थानीय लिलिया सदाले भनिन्, ‘अरुलाई के भन्नु खै, मधेसवादी दल भन्नेहरूको आह्वानमा त हामी आन्दोलनमा सहभागी भयौं तर उनीहरूले पनि अहिले परेको बेला नहेरेर बेवास्ता गरे ।’ उनले चुनाव हुने कुराले उत्साहित भएको बताउँदै भनिन्, ‘भोट त हाल्नै पर्यो, हाम्रा लागि केही गर्न सक्ने उम्मेदवारलाई  जिताउनु छ ।’








यसमा तपाईको मत

अन्य समाचार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

Ncell Footer Ad