नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु

आइतबार, १८ भदौ २०७४, १८ : ३० नागरिक

काठमाडौं– नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास सुरु भएको छ। दुई सेनाबीच बटालइन स्तरीय अभ्यास सुर्यकिरणको १२ औं संस्करण आइतबारदेखि सुरु भएको हो। रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी राजेन्द्र कार्कीले एक विशेष कार्यक्रमका बीच अभ्यासको शुभारम्भ गरेका थिए।

विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरि अभ्यास संचालन गरिएको नेपाली सेनाले जनाएको छ। संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र के.सी. र भारतीय सेनाबाट महा सेनानी ललित मोहन मिश्राले नेतृत्व गर्ने छन्। दुवै देशका करिब ३००÷३०० जना नफ्रि सहभागी गराई सञ्चालन भएको अभ्यास आगामी भाद्र ३१ गते सकिने जनाइएको छ। यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको एघारौं संस्करण भारतको पिथौरागढमा भएको थियो। २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी ११ पटक सञ्चालन भई सकेको  छ ।

संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्नेछन्। यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad