coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादीले ०६४ सालमा झुक्किएर चुनाव जित्यो: अध्यक्ष ओली

चितवन- पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा मात्रै नभएर सातै प्रदेश र संघीय संसदमा पहिलो पार्टी बन्ने दाबि गरेका छन्। पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय समिति तथा राष्ट्रिय परीषद बैठकलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘सवै प्रदेश र संघीय संसदमा बहुमत ल्याएर सरकार हामीले नै बनाउँदै छौं ।’

देशमा एमालेको प्रभाव देखेर अरु पार्टीहरु डराउन थालेको उनले बताए । चुनावमा सवै मिलेर एमाले विरुद्ध गठबन्धन गर्नु त्यसको प्रमाण भएको उनको भनाइ थियो । ‘के गर्न सकिन्छ गरेका छन् । तर देशलाई एमालेमय हुनबाट गठबन्धनले रोकेन । मतपत्र च्यात्ने जस्तो अपारधले पनि रोकेन । मैले त कार्यक्रमहरुमा भन्न थालि सकेको छु देश एमालेमय हुँदैछ बाबु बानी पार । एमाले हुने अभ्यास गर’ अध्यक्ष ओलीले भने।

उनले भरतपुर जस्तो मतपत्र च्यातेर चुनाव जित्ने काण्ड अब दोहर्‍याउन नदिने बताए । माओवादीले ६४ सालको पहिलो संविधान सभा चुनाव झुक्किएर जितेको उनले बताए । अब त्यो सम्भावना नदोहरिने उनको भनाइ थियो । काँग्रेसले आफुलाई अझै ठूलो ठान्ने गरेको उनले बताए । ‘तर त्यो पार्टी हाम्रो यो विद्यार्थी संगठन अनेरास्ववियुभन्दा ठूलो छ कि छैन भनेर चुनावपछि प्रमाणित हुन्छ’ ओलीले भने।

प्रकाशित: १८ भाद्र २०७४ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App