coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पाको उमेरका पिताका सन्तान बढी जिनियस

जेम्स गेलघर, बिबिसी
बेलायतको किङ्स कलेज लन्डनमा गरिएको शोधले के देखाएको छ भने उमेरमा पाको मानिस पाको उमेरमा जो बाबु बन्छ, तिनका सन्तान अन्यको तुलनामा जिनियस हुने सम्भवना बढी हुन्छ ।
अध्ययनअनुसार, वृद्ध पिताका सन्तान बढी तेज तीक्ष्ण बुद्धिका हुन्छन् । अध्ययनमा के पनि देखिएको छ भने सन्तान पाउने आमाको उमेरमा यसले खासै फरक पार्दैन । रोचक कुरा के छ भने वृद्ध बुवाका छोरा तेज हुन्छन्, छोरी भने खासै उम्दा नहुने पनि अध्ययनमा देखिएको छ ।
शोधकर्ताहरुले  लगभग १५ हजार जम्ल्याहा बालबालिकाहरुलाई एउटा परीक्षणमा सहभागी गराएको थियो । यसरी टोलीले एउटा गिक इन्डेक्स तयार गरेको थियो ।
यसमा १२ वर्षीय जम्ल्याहा बालकहरु नन–भर्बल आइक्यु, कुनै विषयमा ध्यान केन्द्रित गर्ने क्षमता र समाजभन्दा अलग्ग रहने जस्ता विषयहरुमा उनीहरुको बुद्धि आँकलन गरिएको थियो ।
यस्तोमा जुन बालकहरुको गिक स्कोर बढी थियो, ती बालकहरुले विद्यालय र खासगरी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा उम्दा परिणाम ल्याएका थिए ।
यसको सम्भावित कारणहरुमा पाका पिता हुनु र ढिला गरी पिता बन्दा प्रतिभाशाली जिनबाट सन्तान जन्मनु प्रमुख कारण रहेको अध्ययनमा संलग्नहरुले सम्भावना बताएका छन् ।
यसका अतिरिक्त पाका व्यक्तिका सन्तानले बढी सुविधा पाउने र कतिपय जिन म्युटेट हुनेजस्ता सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । उमेर बढ्दै जाँदा कतिपय अनावश्यक जिनहरु आफैँ निष्क्रिय बन्न पुग्छन् र त्यसले पछिल्लो पुस्तालाई फाइदा पुग्न सक्ने सम्भावना उत्तिकै बढेर जान्छ ।
परिवार सुरु गर्न ढिला नगर्नुस्
सेफिल्ड विश्वविद्यालयका प्राध्यापक ऐलन पेसी भन्छन्, ‘पाको उमेरमा सन्तान जन्माउँदा ती प्रतिभाशाली भए पनि यसैका आधारमा ढिला सन्तान पाउनुपर्छ भन्ने धारणा नपाल्न मेरो अनुरोध छ ।’
पाको उमेरमा सबैभन्दा गाह्रो चाहिँ गर्भ नरहने, गर्भ रहे पनि चाँडै गर्भपात हुने लगायतका समस्या झ्याँगिन्छन् ।

प्रकाशित: १८ भाद्र २०७४ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App