coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाढिपहिरो पीडितलाई तत्काल उद्दार र राहत देउः उपेन्द्र यादव

काठमाडौं– संघीय समाजवादी फोरमले बाढिपहिरोको प्राकृतिक विपत्मा परेकाहरुलाई तत्काल उद्दार र राहत सहयोग पुर्याउन सरकारलगायत सरोकारवालासँग माग गरेको छ।

बाढिपहिरो र डुबानका कारण तराई तथा पहाडका जिल्लाहरुमा हजारौं घर डुबानमा परेका, पहिरोमा बगेका तथा सयौंले ज्यान गुमाएका तथा कयौं व्यक्ति जोखिममा फसिरहेको भन्दै उक्त पार्टीले राहत सहयोग तथा उद्दार कार्य तत्काल अघि बढाउन आग्रह गरेको हो।

‘प्रभावित क्षेत्रमा जनजीवन अक्रान्त भइसक्दा पनि सरकारको तर्फबाट पूर्व तयारी र योजना बन्न नसक्दा आपतकालिन राहत वितरण तथा उद्दार कार्य प्रभावकारी हुन सकेको छैन । तसर्थ, बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी ढंगले राहत पु¥याउन तथा बाढी पहिरोमा फसेका जनताको उद्दार गर्न सरकारसँग जोडदार माग गर्दछौं,’ पार्टी अध्यक्ष उपेन्द्र यादवले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बाढी पहिरो प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्दार कार्यमा सक्रियपूर्वक लाग्न सिङ्गो पार्टी पंक्ति, स्वयम्सेवक, सरकारी तथा गैरसरकारी संघ संस्थालाई हार्दिक आह्वान गर्दछौं।’

 

प्रकाशित: १२ श्रावण २०७३ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App