भक्तपुरमा इन्द्रजात्रा शुरु

आइतबार, १८ भदौ २०७४, ११ : ५१ नागरिक

भक्तपुर – चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ। 

काठमाडौँको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिए पनि भक्तपुरमा चोक चोक र दोबाटोमा छोटो छोटो लिंगो ठड्याउने प्रचलन छ । ती लिंगोलाई स्थानीय भाषामा यम्बोःद्यो यम्बोःद्योलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतीकका रुपमा लिइन्छ । 

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बसी पूजा गर्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाए । खोज्दै जाँदा दैत्यको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखे । जयन्तलाई छुटाउन देवता र दैत्यबीच युद्ध भई देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाइँदै आएको संस्कृतिकर्मी ओम धौभडेलले बताए । 

धार्मिक पूजाआजासहित आज इताछें, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछेंलगायत स्थानमा यम्बोःद्यो ठड्याइएको छ । जात्रा आठ दिनसम्म मनाइन्छ । रासस 








यसमा तपाईको मत

अन्य समाचार

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री–वितरण गरिहेको  नेबिको प्रालिले नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याक सार्वजनिक गरेको छ ।

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

Ncell Footer Ad