७ वैशाख २०८१ शुक्रबार
अन्य

ओलीद्वारा नेशनल मेडिकल कलेज सञ्चालकको बचाउ

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओली । तस्बिर : रमेश पौडेल

चितवन – नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल बन्द गर्ने सरकारको निर्णय प्रति पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली रुष्ट देखिएका छन् । आइतबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले भने ‘एमालेले सो कलेजका सञ्चालकलाई कुन बेला मेयरको उम्मेद्वार घोषणा गर्र्ला र हामी बन्द गर्ने निर्णय गरौंला भनेर सरकारका मान्छेहरु बसेका रहेछन्।’ एमालेले हिजो मात्रै बसुरुद्धिन अन्सारीलाई वीरगञ्ज महानगरपालिकाको लागि मेयर उम्मेद्वार तोकेको थियो। अन्सारी सो मेडिकल कलेजका सञ्चालक हुन्।

‘हिजो हामीले उनलाई मेयर बनाउने घोषणा गरेको सुन्ने बित्तिकै प्रधानमन्त्रीले विश्व विद्यालयको कुलपतिको हैसियतको दुरुपयोग गर्दै स्वच्छाचारी ढंगले दवावमुलक ढंगले सम्बन्धन खारेज गरे’ ओलीले भने ।

एमालेले हिजो मात्रै बसुरुद्धिन अन्सारीलाई वीरगञ्ज महानगरपालिकाको लागि मेयर उम्मेद्वार तोकेको थियो । अन्सारी सो मेडिकल कलेजका सञ्चालक हुन् । ‘हिजो हामीले उनलाई मेयर बनाउने घोषणा गरेको सुन्ने बित्तिकै प्रधानमन्त्रीले विश्व विद्यालयको कुलपतिको हैसियतको दुरुपयोग गर्दै स्वच्छाचारी ढंगले दवावमुलक ढंगले सम्बन्धन खारेज गरे’ ओलीले भने ।

नेशनल मेडिकल कलेजलाई अदालतले पटक पटक सम्बन्धन देउ भनेका कारण त्रिविले दिएको उनले बताए । ‘कुनै पनि संस्थाले दवाव बाहिर रहेर आफ्नै ढंगले काम गर्दा महाअभियोग ठोक्दिेलान भन्ने डर छ। निश्कासनमा परिएला भन्ने त्रास छ । लौ अन्याय भयो भनेर फरि अदालतमा कति मुद्दा मात्रै लड्ने । मान्छेले मुद्दा मात्रै लड्न त चाहन्न नि’ नेता ओलीले भने । 

आयल निगमको जग्गा खरिदका बारेमा पत्रकारले सोधेको प्रश्नमा ओलीले पत्रकारलाई नै थप प्रश्न गरे ‘अ के भाको हो त्यहाँ ठिक भा हो कि नाइ लौ तपाइँहरुनै भन्नु न ।’ पत्रकारहरूले आफुहरूले गलत भएको छ भन्दै समाचार लेख्दै आएका छौं भनेपछि ओलीले थपे ‘यो सरकारले गर्ने भनेकै त्यस्तै हो । यो सरकार बनाउँनै हुँदैन थियो ।’

सकारले गरेको गलत कामको प्रतिपक्षले के गर्ने हो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘हेर्नुस अब एमाले दुई महिना प्रतिपक्षमा बस्छ । त्यसपछि सत्ता पक्ष हुन्छ ।’ मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनपछि एमाले सत्तामा आउने उनको संकेत गरे । 

प्रकाशित: १८ भाद्र २०७४ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App