संसद्मा आएन राष्ट्रियसभा निर्वाचन विधेयक

आइतबार, १८ भदौ २०७४, ०९ : २३ ईश्वरी सुवेदी

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक अझै संसद्मा दर्ता हुन सकेको छैन । निर्वाचन आयोगले  मतभारको टुंगो लगाउन नसकेपछि त्यससम्बन्धी प्रावधान खाली राखेर गृह मन्त्रालयमा पठाइएको छ । प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार कसरी निर्धारण गर्ने भन्ने विषयमा दलीय सहमति हुन नसकेको हो । मतभार निर्धारण गर्दा जनसंख्यालाई आधार मान्ने कि प्रतिनिधित्वलाई भन्ने विषयमा अन्योल छ । 

मतभार निर्धारण गर्दा जनसंख्यालाई आधार मान्ने कि प्रतिनिधित्वलाई भन्ने विषयमा अन्योल छ । जसले गर्दा राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक संसदमा दर्ता हुन सकेको छैन ।

निर्वाचन आयोगले प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेतासँग मतभारका विषयमा छलफल गरे पनि सहमति भएन । निर्वाचन आयोगले विधेयकको मस्यौदा केही दिनअघि गृह मन्त्रालयमा पठाएको हो । गृह मन्त्रालयबाट अहिले यो विधेयक कानुन मन्त्रालयमा पठाइएको छ ।

कानुन मन्त्रालयले विधेयकको मस्यौदामा मतभारको विषय खाली आएकाले त्यसलाई भरेर पुनः गृह मन्त्रालयमा पठाउने तयारी गरेको  स्रोतले जनायो ।   यसका लागि कानुन मन्त्रालयले विज्ञसँग छलफल गर्ने भएको छ ।

राज्यव्यवस्था समितिले राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकलाई सँगसँगै संसद्मा दर्ता गर्न निर्देशन दिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक यति बेला  थप छलफलका लागि राज्यव्यवस्था समितिमा पठाइएको छ ।

यी विधेयक संसद्मा आएको दुई महिना बित्न लाग्दा पनि राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक आएको छैन । 

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरिसकेको छ । संविधानको धारा ८३ ले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय संसद् मानेको छ । जसबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न हुनासाथ राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने अवस्था छ ।

राष्ट्रियसभा ५९ सदस्यीय, प्रतिनिधिसभा २ सय ७५ सदस्यीय, प्रदेशसभा ५ सय ५० सदस्यीय हुने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभाका सदस्यमा प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरी ५६ जना निर्वाचित हुनेछन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एकजना महिलासहित तीनजना रहनेछन् ।

राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुनेछ । राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ ।

पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एकतिहाइको दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिनेछ ।

राष्ट्रियसभाको पहिलो बैठक बसेको दिनदेखि पदावधिको गणना गरिनेछ । राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष पूरा गरेको हुनुपर्नेछ ।

राष्ट्रियसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र राष्ट्रियसभा सदस्यले आफूमध्येबाट राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेछन् ।

राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनेगरी निर्वाचन गर्नुपर्नेछ ।

संघीय संसद्को एउटा सदनले पारित गरेको विधेयक यथाशीघ्र अर्को सदनमा पठाइनेछ । सदनले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।

राष्ट्रियसभाबाट अस्वीकृत भई संशोधनसहित प्रतिनिधिसभामा फिर्ता आएको विधेयक प्रतिनिधिसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमतले संशोधनसहित पुनः पारित गरेमा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ ।

राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेको, प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयक दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिनेछ र संयुक्त बैठकले विधेयकलाई प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरेमा विधेयक उत्पति भएको सदनले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ ।

 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad