७ वैशाख २०८१ शुक्रबार
समाज

सेवा निवृत्त कर्मचारीको सम्मेलन सुरु

काठमाडौं–सेवा निवृत्त राष्ट्रसेवक हकहित समाज नेपालको छैटौं राष्ट्रिय सम्मेलन काठमाडौमा सुरु भएको छ।

समाजका अध्यक्ष हरिश्चन्द्र भ्यालको सभापतित्वमा भएको सम्मेलनका उद्घाटन सामान्य प्रशासन मन्त्रालयका सचिब मोहनकृष्ण सापकोटाले गरे । सम्मेलनमा समाजका तर्फबाट प्रकाशित सेवा निवृत्तहरूको आवाज नामक स्मारिकाको विमोचन गरियो । स्मारिकाको समीक्षा कवि एवं समीक्षक हेमराज अधिकारीले गरे भने विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । देशका विभिन्न भागबाट आएका करिब दुई सय प्रतिनिधि सहभागी रहेको सम्मेलन दुई दिनसम्म चल्नेछ ।

प्रकाशित: १७ भाद्र २०७४ १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App