८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विद्यालयमा आगलागी हुँदा सात विद्यार्थीको मृत्यु

केन्या –  केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ। 

विद्यार्थीहरू निदाइरहेका समयमा भएको आगलागीमा परी अन्य १० जना बालबालिका घाइतेसमेत भएका स्थानीय सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। 

शिक्षा मन्त्री फ्रेड माटिङले स्थानीय समय अनुसार शुक्रबार दिउसो २ बजे आगलागी भएको थियो । नैरोबीको किबेरामा रहेको मोइ गर्लस स्कुलमा आगलागी भएको हो माटिङले बताए। 

मन्त्री माटिङले घटनास्थलको स्थलगत अवलोकन गरी घटनाका बारेमा अनुसन्धान सुरु गर्न निर्देशन दिए अनुसार अनुसन्धान सुरु भइसकेको छ । अनुसन्धानका लागि दुई महिना विद्यालय बन्द गर्न लागिएको उनले बताए। 

'यो निकै दुखद घटना भएको छ, यसलाई सुधार गर्न विद्यार्थीका अविभावकलाई खवर गर्न लगाएका छौं', उनले भने। 

प्रकाशित: १७ भाद्र २०७४ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App