८ वैशाख २०८१ शनिबार
प्रवास

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

एनअारएन चीनका प्रत्यासीहरू

काठमाडौं – चीनमा रहेका नेपालीहरूलाई अहिले गैर आवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचनले छपक्कै छोपेको छ । 

सेप्टेम्बर ३ का लागि तोकिएको निर्वाचनका लागि विभिन्न पदमा चीनमा रहेका नेपालीहरूले उम्मेद्वारी दर्ता गराएका छन् । यी हुन् एनआएनए चीनको आगमी कार्यसमितिका उम्मेद्वारहरू:

नविन वि.क. (आइसीसी सदस्य): चितवनका विक वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन् । उनी दुई कार्यकाल कोषाध्यक्ष हुनुका साथै दुइ कार्यकाल नै उपाध्यक्ष भइसकेका छन् । एनआरएनको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भइसकेका र विगत १५ वर्ष देखि चीनमा रही आफ्नै मेशीन कारखान, रेष्टुरेण्ट र ट्रेडिङ्ग कम्पनी चलाई सकेका व्यक्ति हुन् । उनले यस पटक एनआरएन चीनको प्रतिनिधित्व गर्ने सोंच बनाइ आइसीसी सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । 
प्रदिप न्यौपाने (अध्यक्ष): नुवाकोट र काठमाण्डौमा घर भएका प्रदीप न्यौपाने विगत १५ वर्ष देखि चीनमा बसोबास गर्दै आएका एक कुशल व्यापारी हुन् । २००९ देखि कार्यसमिति सदस्य हुदै दुई वर्ष लगातार सचिव भइ संस्थाको हकहितमा काम गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन एवं ग्लोबल कन्फरेन्समा लगातार भाग लिइरहेका छन् । संस्थाको स्थापनाकाल देखिका अग्रजहरुको समर्थनमा उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

सुदेश कुमार झा (प्रथम उपाध्यक्ष): सर्लाहीका सुदेश झा पनि विगत १६ वर्षदेखि ग्वाङ्गजौमा व्यवसाय गर्दै आएका इलेक्ट्रोनिक इन्जिनियर हुन् । उनी २००९ देखि एक पटक सचिव र दुई कार्यकाल महासचिव जस्तो गरिमामय पद सम्हालीसकेका अनुभवी व्यक्ति हुन् । कम बोल्ने तर आफ्नो जिम्मेवारी पुरा गर्ने स्वभावका उनले पनि एनआरएनएका विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन भाग लिइसकेका छन् । अहिले उनले प्रथम उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । 

रोहित अग्रवाल (द्वितीय उपाध्यक्ष): काठमाण्डौ स्थायी घर भएका रोहित चीनमा रहने मारवाडी र नेपाली समुदायबीच पुरानो र कहलिएको नाम हो । उनी पनि २००९ देखि नै संस्थामा लागि दुई कार्यकाल कोषाध्यक्ष जस्तो जिम्मेवार पदमा रहि यस संस्थामा आफ्नो कार्यकुशलता देखाइसकेका छन् । विगत १२ वर्ष देखि चीनमा ट्रेडिङ्ग गर्दै आईरहेका सफल व्यापारी हुन् र उनले पनि संस्थाको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा भाग लिइसकेका छन्। समाज सेवामा जहिले पनि अग्रसर रहने अग्रवालले यस पटक द्वितीय उपाध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका छन्। 

सुशिल बेल्बासे (महासचिव): कपिलवस्तु, बुड्ढी स्थाइ घर भई विगत ११ वर्ष देखि चीनमा बसोबास एवं कारोवार गर्दै आएका छन् । संस्थाको स्थापनाकाल २००७ बाट कार्यसमिति सदस्य हुँदै एक कार्यकाल सचिवको जिम्मेवारी पुरा गरीसकेका छन् । एनआरएनको विधान र निर्वाचन नियमावलीमा राम्रो दक्ष तथा जानका भएको व्यक्तिको रुपमा योगदान पुर्‍याउँदै अघि बढेका छन् । उनको बोल्ने कुशलता र साथीभाइलाई मिलाएर लैजाने खुबीले गर्दा उनी चिनवासी सबै नेपालीका माझ उत्तिनै प्रिय छन् । फिलिपिन्सको मनिला र जापानमा सम्पन्न एसिया प्यासीफिक सम्मेलनमा सहभागी भइसकेका सुशिलले एक कार्यकाल सचिवमा आफ्नो जिम्मेवारी पुरा गरीसकेकाले यस पटक महासचिवमा मनोनयन दर्ता गराएका छन् । 

तिर्थ पौड्याल (सचिव): झापाका तिर्थ पौड्याल ग्वाङ्गजौमा युवा माँझ लोकप्रिय नाम हो, चाइनामा ९ वर्ष देखि ट्रडिङ्ग कम्पनी चलाएर बसेका पौड्याल २०११ देखि नै एनआरएन चीनमा का.स.सदस्य हुदै युवा संयोजक को भूमिकामा एनआरएन चीनका यूवा बीचमा आफ्नो कार्यकुशलता पेश गरीसकेका छन् । यस पटक भने उनले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

यम बहादुर क्षेत्री (कोषाध्यक्ष): गुल्मीका क्षेत्री पनि ग्वाङ्गजौ शहरमा विगत १४ वर्ष देखि व्यापार गरेर बसेका पुराना व्यापारीको रुपमा चिनिन्छन् । उनी साधारण सदस्य मात्र छँदै पनि सबैको लोकप्रिय भई २०१३ मा कार्यसमिति सदस्य हुँदै अहिले कोषाध्यक्षको दावी गर्दै उम्मेदवारी दर्ता गराएका छन । उनले गाडीको रङ्ग, चाइनिज चकलेट, माछा जस्ता सामानहरुको एजेन्सी लिई व्यापार गर्दै आएका छन् । उनले नेपालमा एलइडी बल्बको उद्योग समेत स्थापना गरेका छन् र चीनको सफल ब्यपारीको रुपमा आफ्नो छवी स्थापना गरीसकेका छन् । 

रन्जिता आचार्य (महिला प्रतिनिधी : नुवाकोटमा जन्मेकी रन्जिता आचार्य चीनमा आएर ७ वर्षदेखि ट्रेडिङ्ग कम्पनी चलाएर बस्ने शाहसी महिलामा पर्छिन । चीनमा रहेका सबै महिलाहरू एकजुट भई महिलाहरूको छुट्टै कल्याणकारी कोष स्थापना गर्ने र नेपालमा महिला हिंसा, बेचविखन, छाउपडी प्रथा, महिला श्वास्थ्य लगायतमा विषेश योगदान पुर्‍याउने सोंचकासाथ उनले महिला प्रतिनिधीमा उम्मदवारी दर्ता गएकीछिन् । 

मोहन मैनाली (युवा संयोजक): झापाका मोहन प्रसाद मैनाली प्रष्ट वक्ता र युवाहरुमा रुचाइएको नाम हो । उनी पनि विगत ५ वर्षदेखि ग्वाङ्गजौमा आफ्नो व्यापार गर्दै अएका सफल व्यापारी हुन र एनआरएनचीनको युवा संयोजकमा उम्मेदवारी दिई युवा हक र हितको लागि काम गर्ने दृढ विश्वास लिएका छन् । 

यसैगरी डा. विजय भण्डारी, मुकेश श्रेष्ठ, विजय श्रेष्ठ, मिर्जा राशिद वेग, सुरज न्यौपाने, तुल्सी न्यौपाने, सन्दीप खनाल, यादव अर्याल लगायतले कार्यसमिति सदस्यको लागि उम्मेदवारी दिएका छन् । 

प्रकाशित: १७ भाद्र २०७४ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App