८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

१६ वर्षदेखि निरन्तर अनसन

भारत–मणिपुरमा १६ सालदेखि सशस्त्र बल विशेषाधिकार अधिनियमको विरोधमा अनसन बसिरहेकी मानवअधिकार कार्यकर्ता इरोम शर्मिलाले अनसन तोड्ने भएकी छिन् । उनले आउँदो अगस्टको ९ तारिखमा अनसन तोड्दै मणिपुरको विधान सभामा चुनाव लड्ने घोषणा गरेकी छिन् ।

शर्मिलाले पत्रकारसँग कुरा गर्दै भनिन् ,‘ सशस्त्रबलको नियमका विरुद्धमा १६ सालदेखि एक्लै लडिरहेकी छु । मलाई न त राजनीति, न सत्ता न अरुको समर्थन छ । मलाई उल्टै मुद्दा हालिएको छ । म आफ्नो लडाईं चुनावका माध्यमले अगाडि लैजान्छु,’ उनले भनिन् ,‘म स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्छु र मैंले उठाएको मुद्दालाई अगाडि ल्याउँछु ।’

इरोम शर्मिला सन् २०००को नोभेम्बरदेखि अनसन बसिरहेकी छिन् । उनलाई लागेको मुद्दाका कारण उनले हरेक १५ दिनमा मणिपुरको अदालतमा उपस्थित हुनपर्छ  । उनले अदालतलाई समेत आफू चुनावमा उठ्न लागेको जानकारी गराइसकेकी छिन् ।
‘कुनै पनि राजनीतिक दलले मैंले उठाएको मागलाई उठाएनन् । यसैले मैंले विरोधको स्वरुप परिवर्तन गर्ने र सन् १०१७ को संसदीय चुनावमा भाग लिने फैसला गरेकी छु,’ उनले भनिन् ।

समाचार संस्थाका अनुसार ४४ वर्षिय शर्मिलाले चुनावमा भाग लिने मात्र होइन चाँडै नै विवाह पनि गर्ने मनस्थिति बनाएको बताएका छन् । मणिपुरमा १९५८देखि सशस्त्र बललाई विशेषाधिकार दिइएको छ ।

 

प्रकाशित: १२ श्रावण २०७३ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App