coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

कविता : अनुभूति

सक्दिनँ म कहिल्यै शान्तिमा गर्न काम

मेरो आत्माको अनुरागी बनेर,

नल्याऊ केही पनि मेरो सुविधामा,

अविश्राम दबाउनुपर्छ मैले तिनलाई ।

 

जान्दछन् अरुहरू केवल मेरो उत्साह

हुन्छ उनीहरूको काम जतिबेला शान्तिपूर्ण,

दिँदै धन्यवाद उनका हरेक प्रशंसामा, 

आत्मअभिनन्दनबाट विमुख छु म ।

 

जेलिएको म अन्त्यहीन संघर्षबाट,

अन्त्यहीन उकुसमुकुस, अन्त्यहीन सपना,

हुन सक्दिनँ अनुरूप जीवनमा म,

गर्नेछैन यात्रा त्यो धारमा ।

 

चाहन्छु म सम्झन त्यो स्वर्ग,

चाहन्छु म खिच्न विश्वलाई आफूतिर,

माया, घृणा, मेरो अभिप्रायः

मेरा तारा चम्कन्छन् ओजपूर्ण ।

 

मैले जित्न चाहेका सबै प्रयास,

ईश्वर प्रदत्त सबै आशीर्वाद,

सम्झाउँछन् दिव्य तŒवज्ञान मेरो आत्मामा,

नाप्छन् गहिराई संगीत र कलाका ।

 

चाहन्छु म विश्व विध्वंश सधैँभरि,

ताकि नसकूँ गर्न म कुनै विश्वरचना,

किनकि सुन्दैनन् मेरो आह्वान कहिल्यै तिनीहरू,

जाली दुश्चक्रमा मुक सिकारीहरू ।

 

तेज गतिमा पर्छन् र नासिन्छन्

मण्डप र दुर्ग उनीहरूको पालामा,

शून्यमा उडान प्रयास उनीहरूको,

फेरि अर्को एक बादशाहको पुनर्जन्म ।

 

यस्तै–यस्तै इतिहासको पुनरावृत्ति

केही नहुनुबाट सबैतिर

थाङ्नाबाट उठेर उन्मुक्तितिर

अन्त्यहीन उठान, अन्त्यहीन पतन ।

 

उठाऔँ जोखिम हामी आफैँ अब

अविश्राम र विनाथकान,

होइन निराशाजनक मौनता र कुण्ठामा,

अकार्य योजना र अनिच्छाविना । 

 

आत्म परीक्षणको सोचाइमा होइन

डुबेर दासत्वको पीडाको गहिराइमा

व्यग्रता, सपना र काम

हाम्रा लागि सधैँ अधुरा ।

 

०००

कार्ल माक्र्स (सन् १८१८– १८८३) मूलतः अर्थराजनीतिक सिद्धान्तकार हुन् । उनको पुँजी र सञ्चय मूल्यको सिद्धान्त आर्थिक सिद्धान्तका महŒवपूर्ण दस्ताबेज हुन् । समाजमा वर्गसंघर्ष रहने र त्यो ऐतिहासिक घटना क्रमबाट निर्देशित हुने माक्र्सको मूल सिद्धान्त हो । उनी र फ्रेडरिक एंगेल्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई विश्व राजनीतिमा महŒवका साथ हेरिन्छ ।

कार्ल माक्र्सको व्यक्तित्व आर्थिक र राजनीतिक सिद्धान्तकारका रूपमा मात्र नभई साहित्यिक पनि रहेको छ । उनकै मतका आधारमा साहित्यको व्याख्या, विश्लेषण र सिर्जना गर्नेहरु धेरै छन् ।

माक्र्सले युवावस्थामा प्रशस्त कविता लेखेका थिए । उनका कवितामा बहुआयामिक व्यक्तित्व संयोजनको पूर्वसंकेत पाइन्छ । माक्र्सको द्विशतवार्षिकीका अवसरमा उनले १८ वर्षको उमेरमा लेखेको तथा केदार वाशिष्ठद्वारा अनुदित ‘अनुभूति’  शीर्षकको कविता प्रकाशन गरिएको हो । 

प्रकाशित: १७ भाद्र २०७४ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App