coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ब्राजिल शीर्ष स्थानमा

मोन्टेभिडियो- फिलिप कौटिन्होको गोलप्रेरित ब्राजिलले बिहीबार इक्वेडरमाथि २-० को जित हासिल गर्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान पक्का गर्दा अर्जेन्टिना र चिली फेरी एक पटक निराश भएका छन् ।
लिभरपुलका २५ वर्षे मिडफिल्डर कौटिन्हो ढाडको समस्याका कारण पछिल्लो केही खेलमा अनुपस्थित रहँदै आएका थिए । ६९औं मिनेटमा पाउलिन्होको गोलमा अग्रता लिएको ब्राजिलका लागि त्यसको सात मिनेटपछि गोल गर्दै कौटिन्होले जित पक्का गरेका थिए ।
विश्वकप छनोटमा हात पारेको लगातार नवौं जितपछि ब्राजिल २६ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।
बिहीबारै अर्जेन्टिना उरुग्वेसँग गोलरहित बराबरीमा रोकिँदा चिली पराग्वेसँग ३–० ले पराजित भयो । अर्को खेलमा पेरुले बोलिभियामाथि २–१ को जित निकाल्यो । अर्जेन्टिना र चीलीको निराशाजनक नतिजापछि शीर्ष चारमा रहेर अर्को वर्ष रुसमा हुने विश्वकपमा सोझै छनोट हुने दक्षिण अमेरिकी प्रतिस्पर्धा थप रोचक बनेको छ ।
दोस्रो स्थानको कोलम्बिया र पाँचौं स्थानको अर्जेन्टिनाबीच २ अंककोमात्र दुरी छ । कोलम्बियाको २५ अंक छ । त्यस्तै तेस्रो स्थानको उरुग्वेको २४ र चौथो स्थानको चिली तथा पाँचांै स्थानको अर्जेन्टिनाको समान २३ अंक छ । त्यस्तै समान २१ अंक जोड्दै छैटौ तथा सातौं स्थानमा रहेर पेरु र पराग्वेले पनि प्लेअफको सम्भावना जीवित राखेका छन् ।
दक्षिण अमेरिकाबाट शीर्ष ४ टोली सोझै विश्वकपमा छनोट हुनेछन् । पाँचौ स्थानको टोलीले प्लेअफको अवसर पाउनेछ ।

 

प्रकाशित: १७ भाद्र २०७४ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App