भ्रष्ट्राचार नियन्त्रणका लागि संसदमा संकल्प प्रस्ताव

शुक्रबार, १६ भदौ २०७४, १६ : १५ नागरिक

काठमाडौं—नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अर्बभन्दा बढी घोटाला गरेको विषय सार्वजनिक भइरहँदा पनि राज्य संयन्त्र मौन रहेको अवस्थामा शुक्रबार संसदमा भ्रष्ट्राचार नियन्त्रणका लागि संकल्प प्रस्ताव दर्ता भएको छ। 

सांसद जनकराज जोशीले व्यवस्थापिका संसदको नियमावली २०७३ परिच्छेद १५ को नियम ९९ देखि १०८ को अधिनमा रही संसदमा सरकार र भ्रष्ट्राचार नियन्त्रण गर्ने निकायहरुलाई निर्देशन दिन संसदमा प्रस्ताव दर्ता गराएका हुन्। 

‘कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका भ्रष्ट्राचारबाट मुक्त रहन सकेन’, प्रस्तावमा भनिएको छ, ‘भ्रष्ट्राचार नियन्त्रण गर्ने जिम्मेवारी खासगरी राजनीतिक क्षेत्रको भ्रष्ट्राचार छानवीन गर्न निरीह बनेको अवस्था रह्यो। शक्ति सन्तुलन र नियन्त्रण स्वार्थ प्रेरित भई सन्तुलन न्यून र नियन्त्रण ज्यादा भएकाले परिणाम हाम्रो सामु जगजाहेर छ।’

भ्रष्ट्राचारीका अगाडि सदाचारी निरीह बन्नुपर्ने अवस्था आएको भन्दै राजनीति, सरकारी र न्याय सेवामा चरम व्यापारीकरण भएको प्रस्तावमा उल्लेख छ। प्रस्तावमा सांसदहरु नरसिंह चौधरी, अक्वलअहमद साह, हर्कबोल राई, अनिताकुमारी परियारले हस्ताक्षर गरेका छन्। संसद नियमवाली २०७३ को नियम १०८ बमोजिम कारवाही अघि बढाउने प्रयोजनका लागि संकल्प प्रस्ताव गरिएको उल्लेख छ। 

अनुचित कार्यसम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई १५ दिनभित्र विधेयक पेश गर्न निर्देशन दिनुपर्ने उल्लेख छ।

 








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad