तेह्रथुम- स्थानीय तहको निर्बाचनबाट जनप्रतिनिधी छानिए पछि गाउँ बाटै बिजुलीको महशुल तिर्न पाउने आशमा बसेका फेदाप गाउँपालिकाका नागरिकहरु चुनाव सकिएको सय दिन बितिसक्दा पनि महंगो खर्च गरेर बिजुली महसुल तिर्न बाध्य भएका छन्।
फेदापबासिले पायक पर्ने ठाउँमा पटक पटक संकलन केन्द्रको माग गरे पनि कार्यालयले संकलन केन्द्र स्थापना नगर्दा फेदाप क्षेत्र ईसिबु,सिम्ले, जलजले र ओयाक्जुङका बिद्युत उपभोक्ताहरूले न्यूनतम विद्युत महशुल बुझाउन ६ सय बढी रूपैयाँ खर्च गरेर जिरिखिम्ती पुग्नु परेको छ ।पायक पर्ने ठाउँमा महसुल केन्द्र नहुँदा सो क्षेत्रका विद्युत उपभोक्ताहरुले पसद्युत महशुल बुझाउन न्युनतम शुल्क बुझाउन पनि ६ सय बढी रुपैयाँ खर्च गरेर जिरिखिम्ती पुग्नु परेको हो ।
स्थानीयको पहलमा रकम उठाएर विद्युत बिस्तार गरिए पनि कार्यालयले महसुल केन्द्र स्थापना नगर्दा यहाँका नागरिकहरुका लागी विद्युत उपभोग सुबिधा नभई सास्ती भएको पोक्लाबाङ बजार ब्याबस्थापन समितीका पूर्व अध्यक्ष दुर्गा निङलेखुले बताए । उनले भने “महसुल केन्द्र स्थापनाका लागी पटक पटक अनुरोध गर्दा पनि कार्यालयबाट सुनवाई भएको छैन,केन्द्र स्थापना नहुँदा यहाँका उपभोक्ताहरुले सास्ती खेप्नु परेको छ ।”
बिद्युत महसुल केन्द्र नहुँदा महसुल बुझाउन ५० रुपैयाँका लागि गाडी भाडा र खाजा खर्च गरि ५ सय बढी खर्च हुने साबिक सिम्लेका मन बहादुर आम्बुङले बताए। उनले भने “ रिडिङ गर्न कर्मचारी समयमा आउँदैन आए पनि आफै जाँदा ५ सय खर्च हुन्छ कसैलाई पठायो भने १ सय रुपैया तिर्नु पर्छ ।” निर्बाचन हुन अगाडी उमेरद्धारहरुले यहाँका समस्याहरु आफुले जिते समाधान गरि दिने भाषण गरे पनि अहिले सबै भन्दा समस्या रहेको बिद्युतको महसुल बुझाउने बिषयमा निर्बाचित जनप्रतिनिधीहरुले खासै चासो नदिएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
यता बिद्युत प्राधिकरण जिरिखिम्तीका जिम्मेवार कर्मचारीहरुले अेयाक्जुङ, सिम्ले,जलजले ,र ईसिबु क्षेत्रका लागी पायक पर्ने स्थान पोक्लबाङमा बैक अभाबका कारण अहिले सम्म केन्द्र राख्न नसकिएको बताउदै आएका छन् ।उनिहरुले “यस क्षेत्रका उपभोक्ताहरुका लागी बिद्युत महसुल केन्द्र आवस्यक भए पनि स्थानीय बजारमा बैकको सुबिधा नभएकोले बिद्युत महसुल केन्द्र स्थापना हुन नसकेको बताएका छन् । फेदाप क्षेत्र ओयाक्जुङ,जलजले सिम्ले र ईसिबुमा जम्मा १५ सय बढी बिद्युत उपभोक्ताहरु रहेका छन् ।
प्रकाशित: १६ भाद्र २०७४ ०९:५७ शुक्रबार