coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टेलिकमको लापरबाहीले ग्राहक मर्कामा

खोटाङ – नेपाल टेलीकमको लापरबाहीका कारण खोटाङका नमस्ते तथा स्काई फोनका ग्राहक मारमा परेका छन् । फोनमा नेटवर्क नहुने, नेटवर्क आए पनि आवाज स्पष्ट नसुनिने, दुई मिनेटभन्दा बढी कुरा गरे आफैँ फोन काटिने, राती १० बजदेखि विहान ५ बजेसम्म नेटवर्क नहुने लगायतका समस्या देखिएपछि उपभोक्ता मारमा परेका हुन् ।

 जिल्लामा नमस्ते तथा स्काई फोनमा दुई महिनादेखि खराबी आएको हो । बुधबार र बिहीबार स्काई फोन पूर्ण ठप्प बनेको थियो । रुपाकोट मझुवागढी नगरपालिकाकै सदरमुकाम दिक्तेलमा नमस्ते तथा स्काई फोन राम्ररी नचलेको सेवाग्राहीको गुनासो छ । दिक्तेलस्थित भानुचोकमा रहेको नेपाल टेलिकमको टावरले पुरानो बेसक्याम्प भन्दामाथि संगमपार्क, रत्नपार्कलगायतका क्षेत्रमा राम्ररी काम नगरेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । 

वर्षा याममा टावरका उपकरणमा पानी पस्ने समस्या देखाउँदै टेलिकमले प्रभावकारी सेवा दिन नसक्दा सेवाग्राही असन्तुष्ट छन् । एकै ठाउँमा टेलीकमद्वारा वितरित फोन नचल्ने तर एनसेलले वितरण गरेको नम्बर चल्नुलाई उपभोक्ताले शंकास्पद मान्दै आएका छन् । जिल्लामा थिज्री इन्टरनेट सेवा समेत प्रभावकारी बन्न सकेको छैन् । नेपाल टेलिकम शाखा खोटाङका प्रमुख ज्वतीनारायण चौधरीले भने समस्याका बारेमा गुनासो नआएको बताए । 

प्रकाशित: १६ भाद्र २०७४ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App