coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रका सांसद घिसिङको राजीनामा

काठमाडौँ –  नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट विहीबार राजीनामा दिएका छन्। 

ललितपुरबाट समानुपातिकमा सांसद् हुनुभएका उनले विहीबारआफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिएका हुन्। केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उनले बोधार्थ दिएको जानकारी आएको बताइन्। 

प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा उनको राजीनामा आएको हुन सक्ने बताइन्। रासस 

प्रकाशित: १६ भाद्र २०७४ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App