coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१९ सहरमा एनसेलको फोरजी

काठमाडौं- एनसेलले चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटिई) सेवा थप दुई सहरमा विस्तार गर्दै मुलुकभरका १९ सहरमा पु¥याएको छ । शुक्रबार (भदौ १६) देखि कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवाको बिस्तारसँगै एनसेलको फोरजी सेवा देशका १९ शहरमा पुगेको छ ।

एनसेलले फोरजी सेवा पहिलोपटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा सञ्चालनमा ल्याएको थियो ।

‘प्रतिबद्धता बमोजिम थप सहरमा फोरजी सेवा बिस्तार गर्न पाउँदा हामी हर्षित छौ,’ एनसेलका कर्पाेरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने, ‘राष्ट्रिय ब्रोडब्यान्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पु¥याउने लक्ष्य अनुरुप देशका अन्य सहरमा पनि क्रमशः फोरजी÷एलटिई सेवाको विस्तार गर्दै जानेछौं । यसले धेरैभन्दा धेरै जनसंख्यालाई नयाँ प्रविधिमा पहुँच सुनिश्चित गरी र नयाँ अवसर  प्रदान गर्नेछ ।’

कम्पनीको फोरजी सेवा हाल पोखरा, दमौली, विराटनगर, बिर्तामोड, दमक, धरान, भरतपुर, हेटौंडा, वीरगन्ज, भैरहवा, बुटवल लगायत नेपालगन्जमा पनि उपलब्ध छ ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कोहलपुर र विरेन्द्रनगरमा पनि दु्रत गतिको मोबाइल ब्रोडब्यान्ड सेवाको लाभ लिन सक्नेछन् । आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरिरहेको सिमलाई फोरजी चल्ने सिम (युसिम) सँग मात्र एक रुपैयाँ तिरेर साट्न सकिने एनसेलले जनाएको छ । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमतिपत्र पेस गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोबाइल नम्बर परिवर्तन हुँदैन । साथै ग्राहकले एक जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा तीन दिनको लागि मान्य हुने एनसेलले जनाएको छ ।

फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा एनसेलले कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योन्डर म्युजिक एपमा ३० दिनसम्म निःशुल्क अनलाइन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा दिएको छ । योन्डर म्युजिक दुई करोडभन्दा बढी गीतहरु रहेको एक बृहत डिजिटल लाइब्रेरी हो । यसमा १५ हजारभन्दा बढी नेपाली  गीत संगीत उपलब्ध छन् ।

फोरजी÷एलटिई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफे मोवाइल डिभाइसमा अझ धेरै र राम्राएप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतकाकामहरु गर्न सक्नेछन् ।

एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरूमा फोरजी सेवा विस्तार गर्दै, ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पु¥याउने लक्ष्य सहित विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । ‘फोरजीको विस्तार बाहेक, हामी आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड भिडियोमा पहुँच हुने जस्ता रोचक अफरहरु ल्याउन प्रतिबद्ध छौं,’ आचार्यले भने ।

फोरजी÷एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरूले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र निःशुल्क योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् ।  

प्रकाशित: १६ भाद्र २०७४ ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App