८ वैशाख २०८१ शनिबार
समाज

चितुवा मार्न प्रहरी परिचालन

बैतडी- जिल्लाको दक्षिणी तल्लोस्वराडमा नरभंक्षी चितुवाले आक्रमण गर्न थालेपछि प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

नरभक्षी चितुवाले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि चितुवा मार्ने उद्देश्य लिएर हतियारसहित १७ जनाको प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । शनिबार इलाका प्रहरी कार्यालय पाटनबाट गएको टोलीले नरभक्षी चितुवाको खोजी कार्य सुरु गरेकोे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल बिष्टले बताए ।

नरभक्षी चितुवाले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि चितुवा मार्ने उद्देश्य लिएर हतियारसहित १७ जनाको प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

छ वर्षको अवधिमा नरभक्षी चितुवाले २३ जनाको ज्यान लिनुका साथै १३ जना घाइते भएका छन् । गत बिहीबार मात्रै मेलौली नगरपालिका–९, अंसुरकी कुन्दादेवी भट्टलाई मकैबारीमा घाँस काट्दै गर्दा आक्रमण गरी घाइते बनाएको छ ।

प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक बिष्टले बताए । प्रहरीले स्थानीय तहसँग समन्वय गरेर नरभक्षी चितुवा मार्न प्रयास गरिरेहेको छ । यसअघि दुईपटक चितुवा मार्नका लागि प्रहरी खटाइएको भएपनि मार्न भने सकिएको छैन । चितुवाले मानववस्तीमा आतंक मच्चाउन थालेपछि स्थानीयले सुरक्षा माग गरेको थिए । स्थानीयको आग्रहमा मेलौली नगरपालिकाले स्थानीय प्रशासनसँग गरेको आग्रहअनुसार प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै गतवर्ष भदौमा पनि चितुवाले लगातार तल्लोस्वराडको उदयदेवमा दुई बालिकाको ज्यान गए पनि १५ जना प्रहरी हतियारसहित परिचालन गरेको भए पनि चितुवा मार्न सकेको थिएन ।

जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियार सहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको हो । प्रहरीले स्थानीयलाई चितुवाको आक्रमणबाट बच्न स्थानीयसँग सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने जनाइएको छ । तल्लोस्वराडका मैलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्र हो । यसअघि नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरे पनि नरभंक्षी चितुवा नियन्त्रण्मा आउन सकेको छैन ।

प्रकाशित: १६ भाद्र २०७४ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App