coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मनसुन केही दिन अझै सक्रिय

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले दुई–तीन दिनसम्म मनसुन सक्रिय रहने जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले आइतबारसम्म मनसुन सक्रिय रहने जानकारी दिए । ‘लगातार र धेरै क्षेत्रफलमा वर्षा हुने किसिमको ठूलो प्रणाली देखिँदैन’, उनले भने, ‘भयावह वर्षाको सम्भावना पनि छैन ।’

पौडेलका अनुसार क्षणिक र सीमित वर्षाको सम्भावना भने रहेको बताए । ‘प्रारम्भिक मनसुनमा जस्तो पूर्व र मध्यनेपालमा गडाङगुडुङ हुने र क्षणिक वर्षा हुने सम्भावना देखिन्छ’, उनले भने, ‘यस्तो किसिमको वर्षा ताप्लेजुङदेखि काठमाडांैबीचका पहाडी र तराईका भूभागमा हुन सक्छ ।’ पौडेलका अनुसार यी क्षेत्रमा राति र बिहान पानी पर्ने सम्भावना धेरै छ ।

महाशाखाका अनुसार बुधबार उपत्यकाको तापक्रम ३१ डिग्री सेल्सियस पुगेको थियो । सोमबारदेखि बुधबारसम्म अधिकतम तापक्रम लगातार वृद्घि भएको थियो । तापक्रम वृद्घि,  स्थानीय मौसम प्रणाली र विहारको आकाशमा भएको न्यूनचापीय रेखाको सक्रियता र पश्चिमी वायुको प्रभावले बुधबार राति मेघ गर्जनसहित वर्षा भएको हो ।

‘बुधबार बिहानदेखि बिहीबार बिहानसम्म राजधानीमा ५५ मिलिमिटर वर्षा भएको छ, मनसुनमा यति पानी पर्नुलाई सामान्य मानिन्छ’, उनले भने ।

पौडेलका अनुसार बिहीबार सा“झसम्म पूर्वी र मध्यनेपालको आकाश बादलले ढाकेको छ । बिहीबार राति र शुक्रबार बिहान पनि वर्षा हुने सम्भावना छ ।

 

प्रकाशित: १६ भाद्र २०७४ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App