coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तेह्रथुमको म्याङलुङमा बस दुर्घटना, एक गम्भीर

तेह्रथुम – म्याङलुङबाट काठमाण्डौका लागि हिडेको मितेरी बस बसन्तपुर –म्याङलुङ सडक खण्डको काडेमा दुर्घटना भएको छ । विहीबार दिउँसो १२ बजे म्याङलुङबाट काठमाण्डौका लागि हिडेको ना ६ ख ७६९० नम्बरको मितेरी बस सबिक सोल्माको काँडेमा सडकबाट तल खसेको हो। 

दुर्घटनामा परी १ महिला गम्भीर घाइते भएकी छिन् भने अन्यको अवस्था सामान्य रहेको छ । घटना भएको स्थान सदरमुकाम म्याङलुङबाट १४ किलो मिटरको दुरीमा पर्दछ । बसन्तपुर म्याङलुङ सडक खण्डमा काठमाण्डौका लागि हिडेको बस दुर्घटनामा परे पछि अहिले जिल्लाबाट उद्धारका लागि टोली घटनास्थल तर्फ पठाइसकिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । उक्त दुर्घटना परेको बसमा ११ जना सवार रहेको यातायात व्यवसायी डिल्ली रेग्मीले बताए । उनले यात्रुहरूको अवस्थाको बारेमा घटनास्थल पुगेरमात्र बताउन सकिने जानकारी दिए । 

पछिल्लो समय वर्षाका कारण क्षतविक्षत भएको उक्त सडक खण्डमा दुर्घटना हुने क्रम बढ्दै गएको छ । यस अघि सोही सडक खण्डको गढी जंगलमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने हिलाम्य सडक पार गर्ने क्रममा मोटरसाइकल चिप्लिएर खोलामा झर्दा एक जनाको मृत्यु भएको थियो । 

प्रकाशित: १५ भाद्र २०७४ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App