coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘रानी’ र ‘ऐश्वर्य’ टिजर

काठमाडौं- एक साता अघिपछि गरी आउन लागेका दुई फिल्म ‘रानी’ र ‘ऐश्वर्य’का टिजर सार्वजनिक भएका छन् । कार्तिक २ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘रानी’को टिजरमा दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठसँग अभिनेत्री मलिना जोशीको प्रेमलाई देखाइएको छ । यो फिल्ममा अभिनेता अनुपविक्रम शाही खल भूमिकामा छन् ।

त्रिकोणात्मक प्रेम कथाको फिल्ममा अनुप अवरोध निम्त्याउने पात्रका रुपमा देखिनेछन् । भानु महर्जन प्रस्तुतकर्ता र विमलमान गुभाजु निर्माता रहेको फिल्मको पटकथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्देशित फिल्ममा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधान, सिसन बानिया र मानकृष्ण महर्जनको छायांकन छ ।

यस्तै कार्तिक ९ गते रिलिज हुने फिल्म ‘ऐश्वर्य’ को टिजरमा प्रेमसँगै द्वन्द्वलाई पनि देखाइएको छ । फिल्मको गीत ‘तिमी रोएको पल’ले चर्चा पाइरहँदा टिजरले पनि उस्तै चर्चा पाउनेमा फिल्म युनिट आशावादी छ । फिल्मलाई रमेश उप्रेतिको पुनरागमन गराउने फिल्मको रुपमा हेरिएको छ । अमेरिकाबाट फर्किएयता उप्रेतिले ‘ब्रासलेट’ मा अभिनय गरे पनि फिल्म असफल मानिएको थियो ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जनलगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठ र सुदीप बरालको छायांकन छ ।

प्रकाशित: १५ भाद्र २०७४ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App